सिटीवान टेलिभिजनले प्रदेशस्तरीय तीज गीत प्रतियोगिता गर्ने

समाधान संवाददाता २०८२ साउन ८ गते १९:४४

पोखरा ।

सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेश स्तरीय तीज गीत प्रतियोगिताको चौथो संस्करण भाद्र ४ र ५ गते हुने भएको छ । कार्यक्रमा गण्डकी प्रदेश भित्रका करिब सय टिमको सहभागिता रहने टेलिभिजनकी उपाध्यक्ष तथा कार्यक्रमका संयोजक चिनु गुरुङले जानकारी दिईन् ।

यस वर्षको संस्करणमा स्कुलका विद्यार्थीलाई तीज संस्कृतिबारे जानकारी दिने उद्देश्यले विद्यार्थीका समूहहरुलाई पनि प्रतियोगितामा सहभागिता गराउने लक्ष्य राखिएको छ । सहभागी सबै समूहलाई निशुल्क दर खुवाउने कार्यक्रमसमेत छ । उनले भनिन्, ॅतीजको वास्तविक संस्कृति र प्रचलन अहिलेको पुस्ताले थाहै पाएका छैनन्, त्यसैले उनीहरुलाई संस्कृतिका बारेमा जानकारी दिन र पनि यो प्रतियोगिता गरिएको हो ।’

Advertisement

कार्यक्रममा जिल्ला बाहिरबाट आउने समूहलाई यातायात खर्चको समेत व्यवस्था गरिएको टेलिभिजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले बताइन् । कार्यक्रम गर्न १६ लाख ५० हजार लाग्ने अनुमान छ । कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः ५०, ३०, २० र १० हजार पुरस्कार प्रदा नगरिनेछ ।

उत्कृष्ट शब्द, नृत्य र भेषभूषालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी समूहहरुले तीजको सांस्कृतिक महत्व, कला, महिला हिंसा, पर्यटन प्रवर्धन, सामाजिक क्षेत्र, सरसफाइ, वैदेशिक रोजगार, कृषि तथा उधमशीलता, वन तथा वातावरण, लागुपदार्थ दुर्व्यसनी विद्यार्थी र तीज जस्ता सामाजिक बिषयमा केन्द्रित रहेर प्रस्तुति दिनुपर्ने छ ।

Advertisement

तपाईको प्रतिक्रिया