जनप्रिय स्कुलमा लामा अमृत फाउन्डेसनको सहयोग

समाधान संवाददाता २०८२ साउन ९ गते १८:२२

पोखरा ।
लामा अमृत फाउन्डेसनले घान्द्रुकको जनप्रिय आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । फाउन्डेसनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक १० किम्चे स्थित जनप्रिय आधारभूत विद्यालयमा शुक्रबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका हुन् ।


संस्थापक गुरुङले ६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालयलाई डस्टबिन र भलिबल सहयोग गरेका हुन् । गुरुङले सामाजिक कार्यमा जोडिने उद्धेश्यसहित विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग गर्दै आएको बताए ।


‘सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशील रहँदै आएको फाउन्डेसनले घान्द्रुक लगायत विभिन्न जिल्लाका विद्यालयमा शैक्षिक सामागी सहयोग गरिसकेको छ,’ संस्थापक गुरुङले भने, ‘केही दिन अगाडि पोखरामा क्लबस्तरीय भलिबल सम्पन्न भइसकेको छ, यसपछि आज यस विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्ने अवसर पाएको छु, सहयोगका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिन चाहन्छु ।’

Advertisement


संस्थापक गुरुङले शैक्षिक गुणस्तर सुधारमा शिक्षकमात्र नभएर स्थानीयले समेत चासो देखाउन सके गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए । ‘शिक्षा नै जीवनको महत्वपूर्ण खुड्किला हो, शैक्षिक गुणस्तरमा ध्यान दिन विद्यालयका शिक्षक मात्र हैन स्थानीयहरुले पनि चासो देखाउन आवश्यक छ,’ उनले भने, ‘गाउँकै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि फाउन्डेसनमार्फत सक्रियता बढाएको छु, अबको परिवर्तन शिक्षाले मात्र दिन सक्छ त्यसैले शिक्षामा सबैले ध्यान पुर्‍याउन आवश्यक छ ।’


विद्यालयका प्रधानाध्यापक बैकुण्ठ दाहालले यस सहयोगले विद्यार्थीको अध्ययनमा हौसल थपिएर जाने बताए । ‘हाम्रो विद्यालयले आधारभूत तहमा पालिकामा नै उत्कृष्ट नतिजा निकाल्दै आएको छ, विद्यालयमा स्रोतका कमीका कारण केही समस्या छ, पालिकाले पनि छात्रावृत्ति लगायत विभिन्न शीर्षकमा सहयोग गर्दै आएको छ,’ प्रधानाध्यापक दाहालले भने, ‘लामा अमृत फाउन्डेसन घान्द्रुकले गरेको सहयोगले विद्यार्थीहरुको अध्ययनमा अझै हौसला बढेर जाने विश्वास लिएको छु ।’

Advertisement


फाउनडेसनले यसअघि लमजुङ र घान्द्रुकको विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्रीसँगै पोशाक वितरण गरेको थियो । फाउन्डेसन शैक्षिक, सामाजिक र खेलकुद क्षेत्रमा क्रियाशील छ ।

तपाईको प्रतिक्रिया