सोल्टी होटल्सको व्यवस्थापनमा पोखरामा ‘वेस्टेन्ड लेकसाइड’

पोखरा । नेपालको अग्रणी होटल समूह सोल्टी होटेल्स एण्ड रिसोट्र्सले पर्यटकीय नगरी पोखरामा आफ्नो उपस्थिति विस्तार गरेको छ । समूहले आफ्नो ‘वेस्टेण्ड’ ब्राण्डअन्तर्गत ‘सोल्टी वेस्टेन्ड लेकसाइड, पोखरा’ को व्यवस्थापन तथा सञ्चालन गर्ने भएको हो । यसका लागि सोल्टीले होटेल पेनिन्सुला प्रा.लि.सँग व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ ।
पोखराको लेकसाइडमा फेवातालबाट केही मिनेटको दूरीमा अवस्थित यो होटेल सन् २०२५ को सेप्टेम्बरदेखि बुकिङका लागि खुला गरिनेछ । होटेलमा एउटा प्रेसिडेन्सियल सुइट र ६ वटा जुनियर सुइटसहित कुल ७७ वटा प्रिमियम अतिथि कोठाहरू रहने विज्ञप्तिमा उल्लेख छ । पाहुनाहरूलाई आधुनिक तथा उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यसहित कोठाहरू डिजाइन गरिएका छन् ।
होटेलमा अन्नपूर्ण श्रृंखलाको दृश्यावलोकन गर्न सकिने रुफटप बार, २ सय ५० जना क्षमताको सभाहल, स्वीमिङ पुल, हेल्थ क्लब, स्पा तथा पर्याप्त पार्किङजस्ता सुविधाहरू उपलब्ध हुनेछन् । होटेलले पारिवारिक, व्यावसायिक तथा अन्य सबै प्रकारका पर्यटकहरूको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
होटेल व्यवस्थापनसम्बन्धी सम्झौतामा सोल्टी होटेल लिमिटेडका तर्फबाट उपाध्यक्ष सुदर्शन चापागाईं र होटेल पेनिन्सुला प्रालिका संस्थापक तथा कार्यकारी अध्यक्ष खिमबहादुर ढकालले हस्ताक्षर गरेका हुन् ।
सोल्टी होटेल्सका उपाध्यक्ष सुदर्शन चापागाईंले यो साझेदारी नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्यहरूमा स्थापित हुने समूहको दीर्घकालीन लक्ष्यको प्रतिबिम्ब भएको बताए । उनले सोल्टी वेस्टेन्ड लेकसाइड, पोखराले समकालीन वास्तुकला, आत्मीय सेवा र स्थानीय सांस्कृतिक अनुभवको संयोजनमार्फत सोल्टी ब्राण्डको विशिष्टतालाई जीवन्त बनाउने विश्वास व्यक्त गरे ।
यो नयाँ विस्तारसँगै सोल्टी होटेल्सले गण्डकी प्रदेशमा आफ्नो उपस्थिति थप सुदृढ बनाएको छ र यसले पोखराको प्रतिस्पर्धी बजारमा अतिथि तथा पर्यटकहरूका लागि एक नयाँ र विशिष्ट विकल्प प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।








जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया