ट्रायम्प राइडबाट पोखरा–सौराहा यात्रा

समाधान संवाददाता २०८२ साउन ९ गते २०:१७

पोखरा ।

बेलायतको सबैभन्दा ठूलो र लोकप्रिय मोटरसाइकल ट्रायम्प छोटो समयमै नेपाली युवाको समेत रोजाइमा परेको छ । ११ महिनाअघि नेपाल भित्रिएको ट्रायम्प मोटरसाइकलको आधिकारिक वितरक पश्चिम क्षेत्रका लागि इच्छाशक्ति अटोमोबाइल्स प्रालि अन्तगर्तको ट्रायम्प पोखरा हो ।

ट्रायम्पका विशेषताबारे नेपाली राइडरलाई जानकारी दिन केही दिनअघि पोखरादेखि चितवनको सौराहासम्म ट्रायम्प लिगेसी राइड आयोजना गरियो । दुई दिने राइडमा ३५ जना ट्रायम्प राइडर सहभागी थिए ।

Advertisement

पोखराको नयाँबजार स्थित ट्रायम्प सोरूमबाट सुरु भएको यात्रामा डाँडाकाँडा, समथर भूभाग र रमणीय प्राकृतिक दृश्य नियाल्नै राइडरहरुले १ सय ६० किलोमिटर पार गरेका थिए । पोखराबाट चितवनको सौराहासम्म पुग्दा उनीहरु थारु संस्कृति, सांस्कृतिक कार्यक्रम, बोनफायर लगायतका गतिविधिमा सहभागी बनेका थिए । दोस्रो दिन राइडरहरु पोखरा फिर्ता भएका थिए । यसअघि ट्रायम्पले बन्दीपुर र अपर मुस्ताङसम्म राइड आयोजना गरेको थियो ।

ट्रायम्प नेपालका प्रबन्धक सागर थापाले ट्रायम्फ लिगेसी राइडले देशभरिका राइडरलाई एउटै यात्रामा जोडेको दाबी गरे । उनले राइडका सहभागीले अनुपम प्रकृति र सांस्कृतिक विविधता अन्वेषण गर्दै राइडिङको आफ्नो उत्साह र अनुभव बाँडेको सुनाए । नेपालका लागि ट्रायम्प मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि हो ।

Advertisement

ट्रायम्प पोखराका प्रबन्ध निर्देशक आघोषमान बुद्धाचार्यले सोरुम स्थापनाको छोटो समयमै ट्रायम्पको लोकप्रियताले उत्साहित भएको सुनाए । यस खालका राइडमार्फत् मोटरसाइकल पारखीमा उत्साहसँगै पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने उनको भनाइ छ ।
ट्रायम्पले पोखरामा गएको जेठ ३१ गते औपचारिक रुपमा सोरुम सुरुआत गरेको थियो । सोरुम उद्घाटनकै दिन पोखराबाट ५० मोटरसाइकल बिक्री भएका थिए । ट्रायम्पका नेपालमा दुई मोडल उपलब्ध छन् । ट्रायम्प स्पिड ४०० तीन रङ नीलो, रातो र कालोमा उपलब्ध छ । यसको मूल्य ६ लाख ४९ हजार ९ सय छ । ट्रायम्प स्क्याम्बलर एक्स चार रङ हरियो, कालो, रातो र सेतो रङमा उपलब्ध छ । ट्रायम्प स्क्याम्बलर एक्सको बजार मूल्य ६ लाख ९९ हजार ९ सय छ ।

दुवै मोडेलका बाइक ४ सय सिसीका हुन् । ट्रायम्पले पोखराका प्रबन्ध निर्देशक बुद्धाचार्यले छोटो समयमै राइडरहरुको उत्साहपूर्ण साथ पाएको सुनाए । उनले भने, ॅबेलायतको सबैभन्दा ठूलो र लोकप्रिय यो मोडेललाई नेपाली राइडरले पनि रुचाएको पाएका छौँ । सोरुम, सर्भिस सेन्टर र स्पेयर पाट्र्स एकै छानामा राखेका छौँ ।’

तपाईको प्रतिक्रिया