पोखरा आदर्शका विद्यार्थीलाई अभिमुखीकरण

पोखरा ।
पोखरा आदर्श सेकेण्डरी स्कुलले कक्षा ११ मा यो वर्ष भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूका लागि बिहीबार र शुक्रबार अभिमुखीकरण गरेको छ ।
यो विशेष अभिमुखीकरण कार्यक्रममा नयाँ शैक्षिक यात्रामा प्रवेश गरेका विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक, प्रशासनिक, अनुशासन प्रणालीबारे जानकारी दिइएको थियो । उक्त कार्यक्रममा विज्ञान र व्यवस्थापन पढ्ने विद्यार्थीलाई अबको दुई बर्ष आत्मविश्वास, उद्देश्य निर्धारण र जिम्मेवारीबोध विकास गर्न प्रेरित गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन विद्यार्थीहरूलाई ‘सिटी टुर’ अन्तर्गत इन्टरनेशनल माउन्टेन म्युजियम, घारीपाटन र लेकसाइड लगिएको थियो । त्यहाँ विद्यार्थीसँग रमाइलो सांस्कृतिक तथा प्रेरणात्मक कार्यक्रम सञ्चालन गरियो । म्युजियम भ्रमणमार्फत उनीहरूले हिमाल, पर्वतारोहण, प्राकृतिक विविधता र नेपालको साहसिक इतिहासबारे जानकारी लिए । म्युजियमका गाइड तथा अध्येताहरुले भिडियो प्रस्तुति, दुर्लभ चित्र प्रदर्शनी, पर्वतारोहण उपकरण तथा विश्वका ख्यातिप्राप्त आरोहीहरुको कथा सुनाउँदै विद्यार्थीलाई ज्ञानात्मक वातावरणमा लैजाने प्रयास गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । शिक्षा क्षेत्रमा दशकभन्दा बढी अनुभव बोकेका सापकोटाले विद्यार्थीहरूलाई सफलता प्राप्त गर्न निरन्तर प्रयास, आत्मअनुशासन र धैर्यको महत्वबारे प्रेरणादायी सन्देश दिएका थिए । “बर्तमानको सानो त्यागले भविष्यको सुख सम्भव हुन्छ,” उनले भने, “जीवनको लक्ष्य प्राप्तिका लागि योजना बनाउँदै अनुशासित रूपमा अघि बढ्नुपर्छ।”
कार्यक्रममा विज्ञान संकाय संयोजक बलराम सुबेदी, बिहानी सत्र इन्चार्ज कुशल तिमिल्सिना, प्राध्यापक भोला अर्याल, कृष्ण पौडेल, विमला सुवेदी, ज्योति त्रिपाठी चालिसे, हरि देवकोटा, बिनिता आले, समिक्षा गुरुङ लगायत शिक्षकहरूले आफ्नो विचार प्रस्तुत गर्दै विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, सकारात्मक सोच र अनुशासनको महत्वबारे प्रकाश पारे।
विद्यालयका सह–प्रधानाध्यापक ज्ञानेश्वर सुबेदीले विद्यार्थीहरूको भावी योजना निर्माणमा अभिमुखीकरण कार्यक्रमको महत्वलाई जोड दिँदै शिक्षामा निरन्तरता, उत्साह र लगनशीलताको आवश्यकता औंल्याए। यसैगरी, कक्षा १२ सकेर हाल प्राइमरी तहमा शिक्षण गरिरहेका विद्यालयका पुर्व बिधार्थी प्रदीप सुनारले विद्यार्थी जीवनको उपयोगिता र अवसरबारे आफ्ना अनुभव साट्दै प्रेरणा प्रदान गरे।
विद्यालयका प्रमुख निर्देशक नारायण न्यौपानेले स्वागत मन्तव्य राख्दै विद्यालयको आचारसंहिता, ड्रेस कोड, समयपालना र कक्षा सञ्चालन विधिबारे स्पष्ट पारी विद्यार्थीहरूलाई अनुशासित र सक्षम बनाउन विद्यालय परिवारको प्रतिबद्धता दोहोर्याए। “जीवनको यात्रा लामो हुन्छ,” उनले भने, “अफ्ठ्यारो परिस्थितिमा पनि धैर्यता र अनुशासन अपनाउने विद्यार्थी नै सफलतातर्फ अघि बढ्छन्।”
बिहानी सत्र इन्चार्ज कुशल तिमिल्सिना का अनुसार यस्तो कार्यक्रमले नवप्रवेशी विद्यार्थीहरूमा शिक्षा, संस्कृति, नेतृत्व र नागरिक चेतनाको विकासमा सशक्त आधार निर्माण गरेको छ। उनले कार्यक्रमले विद्यार्थीहरूलाई न केवल शैक्षिक क्षेत्रमा, तर समग्र जीवन यात्रामा पनि जिम्मेवार र आत्मनिर्भर नागरिक बन्न प्रेरित गरेको छ।
विद्यालयका प्रमुख निर्देशक नारायण न्यौपानेका अनुसार नवप्रवेशी विद्यार्थीहरू एक हप्ता स्कुल पढेपछि मात्र स्वागत एवं सांस्कृतिक कार्यक्रम गरिने छ ।







सर्वोदय माविको ७४औं वार्षिकोत्सव
पोखरा विमानस्थलको २ अर्ब बेरुजु ठेकेदारकै भुक्तानीबाट कट्टा हुने
जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया