पूर्व प्रदेश प्रमुख गुरुङको निधनमा राष्ट्रपतिद्वारा दुख व्यक्त

काठमाडौ ।राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै स्वर्गीय गुरूङप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्नुभएको छ ।
राष्ट्रप्रति पौडेलले आज शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङ्गले लोकतन्त्र स्थापना र पुनर्स्थापनामामा पुर्याउनुभएको महत्वपूर्ण योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
गुरुङ्गको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्देलनका बेला गुरुङ्गले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गर्नुभएको छ । राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको पनि सचिवालयले जनाएको छ । चितवन नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया