सूर्यचन्द्र विकास समाजको अध्यक्षमा सावित्री कोइराला सर्वसम्मत

पोखरा ।
पोखरा महानगरपालिका वडा नं -५ को अग्रणी सामाजिक संस्था सूर्यचन्द्र विकास समाजको ३२औँ साधारण सभा तथा १६औँ अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले सावित्री कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
लोकतान्त्रिक र पारदर्शी प्रक्रियाबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको हो। अधिवेशनमा संस्थाको विगतको कार्यप्रगति, भावी योजना तथा नीति निर्देशिका पनि प्रस्तुत गरिएको थियो।
नवगठित कार्यसमितिमा उपाध्यक्ष हेमराज भण्डारी , महासचिव दीपक प्रसाद बराल, सचिव प्रदीप सुवेदी र कोषाध्यक्ष माधव प्रसाद बाँस्तोला रहेका छन्। त्यस्तै, सदस्यहरूमा विमल श्रेष्ठ , संगिता कोइराला, दिन दयाल पाण्डे, विन्दु पौडेल, महेन्द्र दाहाल र सुशिला पौडेल चयन भएका छन्।
पदेन सदस्यको रूपमा कमला गौतम चयन भईन भने कार्यकारी निर्देशकको जिम्मेवारी कृष्ण प्रसाद बरालले पाएका छन् ।
अधिवेशनको अवसरमा विगत कार्यकालमा उल्लेखनीय योगदान पु¥याएका पदेन सदस्य माधव प्रसाद बाँस्तोलालाई सम्मान गरिएको छ।
समाजको समन्वय, संयोजन र सामाजिक क्रियाकलापमा गरेको सक्रिय भूमिकाको कदर गर्दै उनलाई सम्मानपत्र प्रदान गरिएको हो।
कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष एवं पूर्व जनप्रतिनिधिले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
नवनिर्वाचित कार्यसमितिले संस्थालाई अझ सशक्त, पारदर्शी र सेवा केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया