सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन, आगामी वर्षको मूलमन्त्र ‘वी क्यान’

पोखरा– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ‘वी क्यान’ लाई मूलमन्त्रका रूपमा अघि सार्दै आफ्नो ‘सेल्स कन्भेन्सन २०८२’ पोखरामा गरेको छ । देशभरका करिब २०० कर्मचारी तथा उच्च व्यवस्थापनको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कम्पनीले गत वर्षको समीक्षा गर्दै आगामी रणनीतिक योजनाहरू तय गरेको हो ।
कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चालकहरू हेमन्त नाहाटा र चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री लगायत उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागी सम्पूर्ण कर्मचारीले एकढिक्का भएर निर्धारित लक्ष्य प्राप्तिका लागि अघि बढ्ने प्रण गरेका छन् ।
कार्यक्रममा भारतका चर्चित सेल्स ट्रेनर अनिलकुमार झाले व्यक्तित्व विकास, अभिकर्ता निर्माण तथा बिक्री कलासम्बन्धी विशेष प्रशिक्षण दिए । उनले जीवन बीमा क्षेत्रमा आफ्नो ३० वर्षभन्दा लामो अनुभव बाँड्दै सहभागीहरूलाई उत्प्रेरित गरे ।
सो अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले जीवन बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्न योगदान दिने सम्पूर्ण कर्मचारीप्रति कृतज्ञता व्यक्त गरे । उनले भने, ‘सदैव कम्पनीको मूल्य र मान्यतामा रहेर काम गर्न र बीमितको हित नै कम्पनीको हित हो भन्ने मूल मन्त्र लिन म सबैलाई हौसला दिन चाहन्छु ।’ उनले कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरका तालिमहरूलाई निरन्तरता दिइने प्रतिबद्धतासमेत जनाए ।
कम्पनीका चिफ बिजनेस अफिसर फर्शुराम मरासिनीले कम्पनीको वार्षिक व्यावसायिक समीक्षा प्रस्तुत गर्दै आगामी वर्षका लागि तय गरिएका रणनीतिबारे स्पष्ट पारे । उनले निर्धारित लक्ष्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रेरित गरे । कार्यक्रमले कर्मचारीहरूमा नयाँ ऊर्जा थपेको र कम्पनीको बजार विस्तार योजनाबारे स्पष्ट पारेको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।
कार्यक्रममा कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले कर्मचारीको आर्थिक उन्नति र हितका लागि सञ्चालक समिति सदैव सकारात्मक रहेको बताए । उनले निरन्तरको मेहनतले जस्तोसुकै लक्ष्य हासिल गर्न सकिनेमा जोड दिए ।
कन्भेन्सनका क्रममा प्रथम बीमाशुल्क, बीमालेख बिक्री संख्या, सक्रिय अभिकर्ता निर्माण र तोकिएको व्यावसायिक लक्ष्य हासिल गर्ने विभिन्न विधामा १२९ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरियो । ‘बेस्ट इम्प्लोई अफ द इयर’ अन्तर्गत पाँच विधामा प्रदेश ७ का प्रमुख मोहन पुरी, सुदूरपश्चिम हिलका रिजनल म्यानेजर रामप्रसाद उपाध्याय, दैलेख शाखाका ब्रान्च म्यानेजर रवीन्द्रप्रसाद शर्मा, नयाँबानेश्वर शाखाका ब्रान्च अपरेशन सञ्जय सुन्दास र बुटवल पाल्पारोड शाखाका सेल्स एक्जुकेटिभ सन्तोष ज्ञवाली देशभरबाट सर्वोत्कृष्ट घोषित भए ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स नेपालको पहिलो आईएसओ ९००१-२०१५ प्रमाणित जीवन बीमा कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ, कुल लगानी ४६ अर्ब, जीवन बीमा कोष ४२ अर्ब र नेटवर्थ ६ अर्ब २८ करोड रुपैयाँ रहेको छ । कम्पनीले देशभरका १७३ शाखा सञ्जालमार्फत ३४ लाख बीमालेख जारी गरिसकेको छ भने १ लाख ३ हजार ७३८ प्रशिक्षित अभिकर्ता कार्यरत छन् । कम्पनीले नेपालमै पहिलोपटक अनलाइनबाट ऋण लिन सकिने ‘सूर्यज्योति ई-कर्जा’ र ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ जस्ता नवीन सेवाहरू सञ्चालनमा ल्याएको छ । साथै, बीमा क्षेत्रमै सबैभन्दा बढी ३५ घातक रोगहरूविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्च सुविधा प्रदान गर्ने यो एकमात्र कम्पनी हो ।










हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया