जनप्रिय क्याम्पसमा विद्यार्थीलाई स्वागत र अभिमुखीकरण

पोखरा ।
पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसमा आज कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसका प्लस टु कार्यक्रम संयोजक गणेश चालिसेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जनप्रिय क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे र विशिष्ट अतिथि क्याम्पस प्रमुख कृष्णबाबु बरालले नवआगन्तुक विद्यार्थीलाई खादा, माला र अबिर लगाई स्वागत गरेका थिए ।
प्रमुख अतिथि बिजुक्छेले जनप्रिय क्याम्पसलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा रोजेकोमा विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक सफलताको कामना गरेका थिए । आगामी दिनमा लगनशील र अनुशासित भई अध्ययन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
सोही कार्यक्रममा क्याम्पस प्रमुख कृष्णबाबु बरालले विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दै दक्ष जनशक्ति बन्न प्रेरणा प्रदान गरे । विज्ञान संकायका रामबाबु मण्डल, शिक्षा विभागका विभागीय प्रमुख रमेश थापा र अर्थशास्त्र विभागका विभागीय प्रमुख शिलु चालिसेले पनि विद्यार्थीलाई स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा कक्षा १२ का विद्यार्थी आश्विन पोखरेल, पूजना थापा, आरती ढकाल, अन्जु थापा र नवआगन्तुक विद्यार्थी सपना क्षेत्रीले पनि आफ्ना भनाइ राखेका थिए । विद्यार्थी हित शाखा प्रमुख वेदहरि तिमिल्सिनाले विद्यार्थीलाई अभिमुखीकरण गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य अंग्रेजी विभागका विभागीय प्रमुख टंकराज बरालले राखेका थिए । कार्यक्रम सञ्चालन सामाजिक शिक्षण विभाग प्रमुख वेदहरि तिमिल्सिनाले गरेका थिए ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया