कमलपोखरीमा नागपञ्चमी मेला

पोखरा ।
पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरीले नागजन्य दोषबाट मुक्ति मिल्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको छ । प्राचीन कालदेखि नागको वासस्थानका रुपमा रहेको विश्वास मानिने यो तीर्थस्थलमा हरेक वर्ष नाग पञ्चमीका दिन विशेष मेला लाग्छ ।
नागपञ्चमीमा यस तीर्थस्थलमा आएर नागको दर्शन गरेमा नागजन्य विभिन्न दोषबाट मुक्ति मिल्ने विश्वास रहेको मादी गाउँपालिका–५ चितेपानीकी मेनुका अधिकारीले बताइन् । नागपञ्चमीमा यहाँ आएर दर्शन गरेमा नागजन्य विभिन्न दोषका साथै प्रकृतिजन्य बाढीपहिरो, खोलानाला, चट्याङ्ग आदिको प्रकोपबाट मुक्ति मिल्ने विश्वासका कारण यहाँ टाढाटाढाबाट दर्शनार्थी आउने गर्दछन् ।
विश्व रामसार सूचीसमेतमा सूचीकृत यो ताल नाग र यहाँ फूल्ने कमलको फूलका कारण परिचित छ । पोखराको मुख्य बजार क्षेत्र नजिकै रहेको कमलपोखरी ढकमक्क कमल फूल ढाकिनुका साथै नागको बासस्थान रहेको प्राचीन जनविश्वाससमेतले यसको महत्व र गरिमा बढाएको हो ।
पछिल्ला वर्षमा तालको अवलोकनका साथै यहाँ पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्न पर्यटक आउने गरेका स्थानीयवासी चित्रबहादुर रानाले बताए । पर्यटक आउने क्रम बढ्दो रूपमा रहेपनि यसको उचित व्यवस्थापन नहुँदा ताल पुरिने चिन्ता रहेको उनले बताए ।
“कमलपोखरी तालललाई व्यवस्थित गर्न सके यो पर्यटकीय गन्तव्य बन्न सक्छ”, रानाले भने, “यसका लागि स्थानीयवासीसँगै राज्यका सबै निकायको ध्यान पुग्नु जरुरी छ ।”
यहाँको संरक्षणमा स्थानीय दलित समूदाय चार दशकदेखि लागिपरेको कमलपोखरी संरक्षण समितिका सचिव तिलबहादुर सुनारले जानकारी दिए । तालको संरक्षण गर्न स्थानीयवासी २०४५ सालदेखि नै सङ्गठित बन्दै आएका छन् । विसं १९९० सालको नापीमा कमलपोखरीको कूल क्षेत्रफल १८२ रोपनी रहेको सुन्नमा आएपनि अहिले यसको नाममा ३२ रोपनी मात्र जग्गा मात्रै रहेको उनले बताए । पछिल्लो समय यहाँ स्थानीयको सकृयतामा विभिन्न संरचना निर्माण गरिएका छन् । ।
ताल संरक्षण गर्न विभिन्न पूर्वाधार निर्माण थालिएको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले बताए। ताल वरपर पैदल मार्ग बनाउन सङ्घीय सरकारले रु ४० लाख विनियोजन गरेको छ । तालमा आउने खोलालाई बाँधसहित व्यवस्थित बनाउन रु २५ लाख विनियोजन भई काम अघि बढाइएको सचिव सुनारले बताए ।
विश्व रामसार सूचीमा सूचिकृत कमलपोखरी परिसरमा प्रत्येक वर्ष नागपञ्चमीमा मेला लाग्छ । करिब साढे चार दशकअघिसम्म कमलपोखरी बुडुवा तालका रुपमा चिनिन्थ्यो । तालको बीच भागमा नागको सुन्दर मूर्तिसहित किनारमा राधाकृष्ण, गणेश, नाग र बाबा विश्कर्माको मन्दिर छ ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया