‘मानव अधिकारको नयाँ आयामबाट छलफल आवश्यक’

पोखरा ।
मानव अधिकार संरक्षण मञ्च (मासम)नेपालको ४२औं स्थापना दिवसको सन्दर्भमा मासम कास्कीले मासमको विगत, वर्तमान र भावी कार्यक्रमको बारेमा अन्तर संवाद कार्यक्रम गरेको छ ।
कार्यक्रमका मुख्यवक्ता एवं मासम कास्कीका प्रथम अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले राजनीतिक स्वतन्त्रताको आन्दोलनको क्रममा मानव अधिकारको सवाल उठेको जानकारी दिए । उनले राजनीतिक स्वतन्त्रता र दल माथिको प्रतिबन्ध फुकुवाको लागि भएको अभियानको क्रममा मानव अधिकारको आन्दोलन सुरुवात भएको बताए ।
बन्दी विमोचन समितिले राजनीतिक आस्थाका बन्दीको रिहाइको पहल गर्ने क्रममा १३ साउन २०४५मा मासम गठन भएको जानकारी दिदै उनले नागरिक अगुवालाई समेटेर लैजाने क्रममा २०४६ सालको आन्दोलनमा नागरिक अगुवाकोतर्फबाट अगुवाई गरेका डा मथुराप्रसाद श्रेष्ठ र डा देवेन्द्रराज पाण्डेलाई मन्त्रिमण्डलमा सहभागी बनाएको स्मरण गरे ।
‘राजनीतिक परिवर्तनपछि नागरिक समाजका अगुवालाई मन्त्री बनाउनु मानव अधिकार क्षेत्रले पाएको सबभन्दा ठुृलो सम्मान हो,’उनले भने, ‘अहिले पछिल्लो समयमा राज्यका निकायले नागरिक आन्दोलनका अगुवाको सम्मान गर्न सकेको छैन ।’ उनले संघीयता आएपछि मानव अधिकारको दृष्टिले राजनीतिक अधिकारको प्रयोगको सवाल नउठेको बताए । पछिल्लो समयमा मानव अधिकार आन्दोलनले गति लिन नसकेको उल्लेख गर्दै उनले मानव अधिकारको नयाँ आयामबाट छलफल आवश्यक भएको जनाए ।
राज्यका निकायबाट भएको सेवा प्रवाहको अवस्था सन्तोषजनक नभएको दाबी गर्दै उनले आगामी दिनमा सुशासन प्रवद्र्धनको लागि अभियान थाल्न पर्ने सुझाव दिए । विगतामा जोताह मजदुरलाई लक्षित गरेर मानव अधिकार सचेतनामुलक कार्यक्रम गरेको जानकारी दिँदै उनले आगामी दिमा आधारभूत तहका जनतामा सचेतनामुलक कार्यक्रम गर्न सुझाए ।
मासमका केन्द्रीय महासचिव डा श्रीकान्त खतिवडाले नेपालमा मानव अधिकारको क्षेत्रमा क्रियाशील अग्रणी संस्था मासमले राजबन्दीको जीवन यापनलाई सहज बनाउन भूमिका खेलेको जानकारी दिए । मासमले मानव अधिकारमैत्री संविधान निर्माण हस्तास्क्षर संकलनदेखि स्मारिका प्रकाशन गरेको उल्लेख गर्दै उनले नागरिकता विधेयक र संक्रमणकालिन न्यायका सयन्त्रको बारेमा प्रयाप्त छलफल गरेको बताए ।
मासमका केन्द्रीय सदस्य सुरेन्द्र थापामगरले मासमले मानव अधिकारको संरक्षण, प्रवद्र्धन र कार्यान्वयनको सवालमा सचेतनामुलक कार्यक्रम गरेको जानकारी दिए । संविधानमा व्यवस्था भएको मौलिक हक, सामाजिक न्याय र कानुन कार्यान्वयनमा मासमले ध्यान दिने उनले उल्लेख गरे । मासमका गण्डकी प्रदेश संयोजक कमलप्रसाद अर्यालले मासमले नागरिकको न्युनतम अधिकारको संरक्षण, संस्कार संस्कृतिको जगेर्नाको सवालमा काम गरेको बताए ।
कार्यक्रममा पृथ्वीनाराण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रेश्वर कोइराला, इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेल, मानव अधिकार संरक्षण मञ्च (मासम)कास्कीका पूर्व उपाध्यक्ष डा नन्दु श्रेष्ठ, कास्कीका अध्यक्ष ध्रुवसिंह खड्का, निवर्तमान अध्यक्ष चक्रपाणि सुवेदी, उपाध्यक्ष मेहरमान श्रेष्ठ, सचिव दानबहादुर गुरुङ, सल्लाकार शुकदेव गौतम, लगायतले मानव अधिकारको सवालमा बारेमा बोलेका थिए । १३ साउन २०४१ सालमा बारा जिल्लामा मानव अधिकार संरक्षण मञ्चको स्थापना भएको हो ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया