भारतबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

पोखरा ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अगस्ट १ देखि यो निर्णय लागू हुने बताएका हुन्।
भारत र अमेरिकाबीच व्यापार सम्झौताका लागि वार्ता चलिरहेको थियो र त्यसको अन्तिम मिति अगस्ट १ तोकिएको थियो। तर, समयसीमा सकिनु दुई दिनअघि नै ट्रम्पले कर लगाउने घोषणा गरेका हुन्। उनले भारत र अमेरिका मित्र भए पनि पछिल्ला केही वर्षमा दुई देशबीच निकै कम व्यापार भइरहेको जिकिर गरे। भारतले लगाएको शुल्क विश्वमै सबैभन्दा उच्च भएको उनको भनाइ छ।
ट्रुथ सोसलमा ट्रम्पले लेखे, ‘भारतमा कुनै पनि देशको तुलनामा सबैभन्दा कडा र अन्यायपूर्ण व्यापार प्रतिबन्धहरू छन्। साथै, यसले आफ्नो धेरै सैन्य उपकरणहरू रुसबाट किन्छ। सबै जना रुसले युक्रेनमा हत्या रोकोस् भन्ने चाहन्छन्, तर भारत चीनसँगै रुसबाट ऊर्जाको सबैभन्दा ठूलो खरिदकर्ता हो।’ उनले अगाडि लेखे, ‘यी सबै कुराहरू राम्रो छैनन्। भारतले यी सबैको लागि जरिवानासहित २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ।’
ट्रम्पले यसअघि नै भारतले उच्च करको सामना गर्नसक्ने संकेत दिएका थिए। उनले अमेरिकासँग छुट्टै व्यापार सम्झौता नगर्ने देशहरूले १५ देखि २० प्रतिशतसम्मको भन्सार शुल्क भोग्नुपर्ने बताएका थिए।
भन्सार (ट्यारिफ) भनेको अन्य देशबाट खरिद गरिएका सामानमा लगाइने कर हो। देशहरूले सामान्यतया आफ्ना उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउन यस्तो कर लगाउँछन्। अमेरिकामा विदेशी सामान ल्याउने कम्पनीले यो कर सरकारलाई तिर्नुपर्छ, जसको भार अन्ततः उपभोक्तामा पर्न सक्छ। ट्रम्पले आफ्नो यो कदमलाई ‘पारस्परिक ट्यारिफ’ भनेका छन्, जसअनुसार यदि कुनै देशले अमेरिकी सामानमा बढी आयात शुल्क लगाउँछ भने अमेरिकाले पनि त्यो देशबाट आउने सामानमा बढी शुल्क लगाउनेछ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया