गैंडाकोटको रिसोर्टमा भएको आगलागीबाट २० करोड क्षति भएको अनुमान

मध्यविन्दु । नवलपुरको गैंडाकोट नगरपालिका–११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा बुधबार भएको आगलागीबाट करिब २० करोड बराबरको भौतिक क्षति पुगेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले रिसोर्टका सञ्चालक सन्तोष धितालले आगलागीबाट करिब २० करोडको क्षति भएको दाबी गरे । प्रहरीले पनि क्षतिको यकिन तथ्यांक संकलन गरिरहेको नेपालले बताए ।
बिहान १० बजेबाट सुरु भएको आगो तीन घण्टामा नियन्त्रणमा आएको थियो । आगो दिउँसो १ बजेतिर नियन्त्रणमा लिइएको थियो । नवलपुरको कावासोती नगरपालिका र चितवनको भरतपुर महानगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागीको कारण स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ । किचनबाट वा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका रिसोर्ट सञ्चालक धितालको छ । आगलागीको कारण र क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।
रिसोर्टमा भीषण आगो सल्किएपछि मात्र थाहा भएको प्रहरीको भनाइ छ । विदेशबाट फर्किएर धितालले गैंडाकोटमा ९ वर्ष लगाएर आकर्षक रिसोर्ट निर्माण गरी डेढ वर्ष अघिदेखि मात्र सञ्चालनमा ल्याएका थिए ।







हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया