पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूचीमा पोखरेली स्रष्टाको दमदार उपस्थिति, सरस्वती र तीर्थ उत्कृष्ट ५ मा

पोखरा
यस वर्षको पद्मश्री साहित्य पुरस्कारको उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूचीमा पोखराका दुई स्रष्टा पर्न सफल भएका छन् । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले बिहीबार सार्वजनिक गरेको सूचीमा पोखरेली साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ले स्थान बनाएका हुन् ।
नेपाली साहित्यको एक सम्मानित पुरस्कार मानिने पद्मश्रीको संक्षिप्त सूचीमा एकै सहरका दुई स्रष्टा पर्नुलाई पोखरेली साहित्य वृत्तमा गौरवको विषय मानिएको छ । यसले पोखरा नेपाली साहित्यको उर्वर भूमिको रूपमा स्थापित हुँदै गएको पुनः पुष्टि गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार, चयन प्रक्रियाको दोस्रो चरणमा १५ पुस्तकको विस्तारित सूचीबाट निर्णायक मण्डलको सिफारिसमा पाँच पुस्तक छनोट गरिएको हो । वर्णानुक्रम अनुसार सार्वजनिक गरिएको संक्षिप्त सूचीमा परेका कृति र लेखकहरू यसप्रकार छन्:
१. उरमाल (आख्यान) – छुदेन काविमो
२. छालबाटो (गैह्र आख्यान) – रमेश भुसाल
३. प्रणाम सगरमाथा (नियात्रा) – भवानी खतिवडा
४. स्व (उपन्यास) – सरस्वती प्रतीक्षा
५. हिउँको गीत (उपन्यास) – तीर्थ गुरुङ
स्रष्टा सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ आफ्नो विशिष्ट लेखनशैली र गहन मनोवैज्ञानिक विषयवस्तुका कारण चर्चामा छ । त्यसैगरी, युवा उपन्यासकार तीर्थ गुरुङको ‘हिउँको गीत’ले पनि पाठक र समीक्षकबाट राम्रो प्रशंसा बटुलिरहेको छ । दुवै स्रष्टाको कृति उत्कृष्ट पाँचमा पर्नुले पोखरेली पाठक र लेखकहरूमा खुसी तथा उत्सुकता छाएको छ ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०६३ देखि हरेक वर्ष नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानले गत असार १५ गते १५ पुस्तकको विस्तारित सूची सार्वजनिक गरेको थियो । अब यही पाँच पुस्तकको सूचीबाट एक कृतिलाई यस वर्षको ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गरिनेछ ।








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया