इलेक्ट्रोनिक्स तथा मोबाइलमा चाडपर्व लक्षित योजना

पोखरा ।
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघले प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना सार्वजनिक गरेको छ । संस्था दर्ता भएको २५ औं वर्ष प्रवेशको अवसरमा संस्थाले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी उपहार कुपन योजना सार्वजनिक गरेको हो ।
व्यवसायी र ग्राहकको हितलाई ध्यानमा राखी साउन १५ गतेदेखि आउँदो पुस १५ गतेसम्म ५ महिनाका लागि चाडपर्व लक्षित उपहार योजना ल्याइएको हो । योजनाका मुल आयोजक समितिका संयोजक तथा पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्की अध्यक्ष चिन्तामणि खरेलले इलेक्ट्रनिक्स सामान तथा मोबाइल खरिद गर्ने ग्राहकले एउटा कुपन फ्रिमा पाउने र सोही कुपनद्वारा लक्की ड्रमार्फत भाग्यशाली विजेता छानिने जानकारी दिए ।
‘व्यवसायीले आफ्नो पसलमा आउने ग्राहकलाई जति रकमको सामान खरिद गरे पनि एउटा कुपन निशुल्क उपलब्ध गराउनुपर्ने छ । सोही कुपनका आधारमा भाग्यशाली विजेता छानिनेछ,’ उनले भने । योजना अन्तर्गत ५ सय ६ जना भाग्यशाली विजेताले उपहार प्राप्त गर्ने नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिए ।
भाग्यशाली विजेता एक जनालाई मोटरसाइकल, एक जनालाई स्कुटर, २ जनालाई च्यांग्रा, २ जनालाई फ्ल्याकसिप मोबाइल फोन, २० जनालाई स्मार्ट फोन, ५ जनालाई ३२ इन्चको टिभी, १० जनालाई राइसकुकर दिइनेछ । १० जनालाई इलेक्ट्रिक जग, १ सय २५ जनालाई किप्याड फोन, १ सय २५ जनालाई इयरबड, २० जनालाई स्पीकर, ३० जनालाई पावर बैंक, ३० जनालाई स्मार्ट घडी, १ सय २५ जनालाई भित्ते घडी प्रदान गरिनेछ ।
५ जनाले विशेष भाग्यशाली उपहार योजना अन्तर्गत ५ महिनासम्म मासिक उपहार पाउने नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष उदयबहादुर केसी (लाहुरे दाइ)ले बताए । संघले ग्राहकलाई आकर्षित गर्नका लागि ‘मोबाइल तथा इलेक्ट्रोनिक्स सामान खरिदको साथमा, बाइक स्कुटर हातमा’ भन्ने नाराका साथ उपहार योजाना ल्याएको हो ।
संस्थामा ३ सय १० व्यवसायी आवद्ध छन् । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघका सल्लाहकार नारायण सुवेदीले यो मेलालाई सिग्नेचर कार्यक्रमका रुपमा निरन्तरता दिने लक्ष्य सुनाए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया