‘गेन्स महोत्सव २०८२’: उत्साह, सिप र सिर्जनाको संगम

पोखरा ।
गण्डकी एकेडेमी अफ इन्टरडीसिप्नेरी स्टडिज (गेन्स कलेज), नदीपुर, पोखराले ‘गेन्स महोत्सव २०८२’ गर्ने भएको छ। यही साउन १६ र १७ गते सम्पन्न हुने यस कार्यक्रमबारे बिहीबार कलेज परिसरमा एक कार्यक्रम गरी यसबारे जानकारी दिइयो।
कक्षा १२ सकेका विद्यार्थीहरूका लागि लक्षित गरिएको यो दुईदिने महोत्सव कलेज परिसर र नजिकैको क्यासल फुटसल मैदानमा विविध कार्यक्रमका साथ आयोजना हुँदैछ। मनोरञ्जन र सिर्जनात्मक प्रतिस्पर्धाको संगमका रूपमा यस कार्यक्रमलाई आयोजना गरिएको हो।
महोत्सवमा फुटसल, कविता वाचन, टिकटक भिडियो प्रतियोगिता, पब्जी टुर्नामेन्ट, चित्रकला लगायतका विधामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ। त्यस्तै, कलेजका हालका विद्यार्थीहरूले नृत्य, संगीत र नाट्य प्रस्तुति जस्ता विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छन्।
कार्यक्रमबारे जानकारी दिँदै कलेजका प्रिन्सिपल विजय आनन्द शर्माले सहभागी विजेताहरूलाई बिबिए (BBA) र बिएस्सी सीएस आईटी (BSc CSIT) जस्ता कार्यक्रमहरूमा भर्ना हुँदा छात्रवृत्तिको व्यवस्था गरिएको बताए। साथै, विजेताहरूका लागि विशेष उपहार र प्रमाणपत्रको समेत व्यवस्था गरिएको उनले जानकारी दिए।
फुटसल संयोजक तथा BSc CSIT दोस्रो सेमेस्टरका विद्यार्थी आदित्य पहारीका अनुसार महोत्सवमा जम्मा २१ समूहले फुटसल प्रतिस्पर्धामा भाग लिइरहेका छन्। ‘यस्ता कार्यक्रमहरूले विद्यार्थीको व्यक्तित्व विकासमा मात्र होइन, उनीहरूको सिप र क्षमता उजागर गर्न पनि ठूलो भूमिका खेल्छ,’ पहारीले भने।
त्यसैगरी अर्की सहभागी विद्यार्थी स्मृति थापाका अनुसार पोखराका विभिन्न माध्यमिक विद्यालयहरूबाट पनि विद्यार्थीहरूले यो महोत्सवमा उत्साहपूर्वक भाग लिएका छन्। ‘नयाँ साथीसँग भेट हुने, आफ्ना प्रतिभा प्रस्तुत गर्ने अवसर मिल्ने भएकाले यस्तो कार्यक्रम साँच्चै नै महत्त्वपूर्ण लाग्यो,’ थापाले भनिन्।
‘गेन्स महोत्सव २०८२’ विद्यार्थीहरूको समग्र विकासलाई लक्ष्य गरेर गरिएको महत्त्वपूर्ण प्रयास हो। यसले युवा पुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै शिक्षाको अतिरिक्त आयाममा सशक्त बनाउने अपेक्षा गरिएको छ। यस्ता उत्सवहरूले विद्यार्थी र अभिभावक समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास कलेज व्यवस्थापनले लिएको छ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया