सुजुकीको सर्भिस क्याम्प

समाधान संवाददाता २०८२ साउन १६ गते १५:१९

पोखरा ।
नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सिजी होल्डिंग्स अन्तर्गतको अटोमोबाइल डिभिजन सिजी मोटोकर्पले साउन १८ देखि २० गतेसम्म ‘मनसुन फ्री सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ । ‘मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभर रहेका ५४ वटा सुजुकी सर्भिस सेन्टरमार्फत सञ्चालन हुनेछ ।


लगातार पानी परेकाले सवारी साधनमा विविध समस्या देखिन सक्ने सम्भावना हुन्छ । समयमै ध्यान नदिँदा यस्ता समस्याले गाडीमा दीर्घकालीन असर पुर्‍याउन सक्छन् । यस सम्भावित जोखिमलाई मध्यनजर गर्दै, सुजुकीले आफ्ना ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै यो विशेष सर्भिस क्याम्प आयोजना गर्न लागेको हो ।


क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्ना गाडीहरूको निःशुल्क जाँच गराउन सक्नेछन् । एसी/हिटर, ब्याट्री र ओभरअल चेकअप जस्ता सेवा निःशुल्क प्रदान गरिनेछ भने एसडिटी डायग्नोस्टिक स्क्यान र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्म छुट दिइनेछ । त्यस्तै, लेबर चार्जमा २० प्रतिशतसम्म र स्पेयर पाट्र्स तथा इन्जिन आयलमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

Advertisement


मौसमजन्य असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा कम्पनीका विशेषज्ञबाट परामर्श सेवा पनि दिइनेछ । कम्पनीले ग्राहकलाई मनसुनका बेला सवारीसाधनलाई उत्तम अवस्थामा राख्न तथा सर्भिस क्याम्पको अधिकतम लाभ लिन आग्रह गरेको छ ।

क्याम्प अवधिमा सेवा लिने ३ ग्राहकले आकर्षक सर्भिस प्याकेज जित्न सक्ने अवसरसमेत पाउन सक्ने छन् । सञ्जालको आधारमा सुजुकी नेपालको सबैभन्दा ठूलो सर्भिस नेटवर्क हो ।

Advertisement

तपाईको प्रतिक्रिया