महेन्द्र मावि भलाममा अभिभावक शिक्षा

पोखरा ।
हाम्रो प्रतिबद्धता बालमैत्री वातावरणमा प्राविधिक एवं गुणस्तरीय शिक्षा भन्ने मूल नाराका साथ शुक्रबार महेन्द्र मावि पोखरा २० भलामले अभिभावक शिक्षा कार्यक्रम एवं प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ ।
अभिभावक शिक्षा कार्यक्रम एवं प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले हिजोको नमूना स्कुल भएको बताउँदै सरकारलाई सोच राखी अगाडि बढ्न शिक्षक, अभिभावकलाई आग्रह गरे । ‘नकारात्मक कुरा नसुन्नुहोस् र आफ्ना बाबुनानीलाई स्कुललाई विश्वास गरेर पढाउनुहोस्, गफ गरेर हुँदैन, अभिभावकले स्कुललाई विश्वास गर्नुहोस्’, उनले भने । उनले कास्की जिल्लाकै शिक्षाको उर्वर भूमि भलाम रहेको बताउँदै यसलाई बचाइराख्न यस ठाउँका अभिभावक सचेत हुन समेत आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक डिएसपी हरि बहादुर बस्नेतले लागूऔषधका बारेमा अभिभावक तथा विद्यार्थीहरुलाई सचेत हुन आग्रह गर्दै यसमा नलाग्न, घरपरिवारबाट निगरानी गरी बच्चालाई सहि मार्गमा ल्याउनु पर्ने कुरामा जोड दिए ।
बस्नेतले लागूऔषध दुर्व्यसन रोकथाम, बच्ने उपाय तथा कानुनी व्यवस्थाको बारेमा प्रकाश पारेका थिए । सामाजिक सञ्जालको सही प्रयोग गरी आफ्नो जीवनलाई सहज तरिकाले अगाडि बढाउन समेत आग्रह गरे । पोखरामा हाल करिब ५ हजारको हाराहारीमा एचआइभी संक्रमित भएको समेत जानकारी दिए ।
कार्यक्रममा अभिभावक, विद्यार्थी, सरोकारवालाहरुको व्यापक उपस्थिति थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्र बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रअ बोधराज पौडेलले गरेका थिए भने कार्यक्रमको संचालन सहायक प्रअ प्रदीप खत्रीले गरेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया