गण्डकी उद्योग परिसंघको अध्यक्षमा बर्तौला सर्वसम्मत

पोखरा । गण्डकी प्रदेश स्तरीय उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बर्ताैलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षहरुमा दीपेन्द्रराज बस्ताकोटी, विक्रम कर्माचार्य, कृष्णप्रसाद गौतम र रुद्रलाल श्रेष्ठ चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा माधव बस्ताकोटी, यज्ञ रेग्मी, राजेश्वर आचार्य, फणीन्द्र शर्मा, प्रकाश भारती, अर्पणा पोखरेल, गणेशबहादुर थापा र प्रकाश आचार्य छन् ।
अधिवेशनले देशको आर्थिक चुनौती सामना गर्न स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने र औद्योगिक विकासमार्फत रोजगारी सिर्जना गर्ने संकल्प लिएको छ । नवनिर्वाचित अध्यक्ष बर्तौलाले बढ्दो व्यापार घाटा र आयातमुखी अर्थतन्त्रले देशलाई परनिर्भर बनाएकोमा चिन्ता व्यक्त गर्दै त्यसबाट बाहिर निस्कन सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताए ।
उनले अत्यावश्यक वस्तुबाहेक अन्य आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति निर्माणमा जोड दिए । ‘नयाँ उद्योग स्थापना गरी रोजगारीका अवसर सिर्जना गरेर उज्ज्वल भविष्यको खोजीमा विदेश जान बाध्य युवाहरूलाई स्वदेशमै रोक्नु हाम्रो प्रमुख लक्ष्य हो,’ उनले भने ।
बर्तौलाले श्रमिकहरूलाई आकर्षक पारिश्रमिक र सुरक्षित भविष्यको प्रत्याभूति दिँदै गण्डकी प्रदेशलाई एक औद्योगिक हबको रूपमा विकास गर्न पैरवी गर्ने प्रतिबद्धता जनाएका छन् । नवर्तमान अध्यक्ष विनोद शर्मा न्यौपानेले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै परिसंघका गतिविधि र भावी योजनाबारे जानकारी गराएका थिए । २०७७ सालमा स्थापना भएको परिसंघमा हाल ६५ जना सदस्य आवद्ध छन् ।
परिसंघले विगतमा प्रदेश तथा संघीय सरकारलाई बजेटसम्बन्धी सुझाव दिने, ‘इन्सुर’ परियोजनामार्फत प्राविधिक तालिम सञ्चालन गर्ने र पोखरामा आयोजित औद्योगिक व्यापार मेलामा उद्योगीहरूलाई निःशुल्क स्टल उपलब्ध गराउने काम गर्दै आएको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया