स्टेप बाइ स्टेपमा स्वागत

समाधान संवाददाता २०८२ साउन १७ गते १९:३२

पोखरा । पोखरास्थित स्टेप बाइ स्टेप माविले कक्षा ११ मा अध्ययन गर्ने नवआगन्तुक विद्यार्थीका लागि स्वागत कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवात स्वागत संगीतसहित गरिएको थियो । संस्थापक प्राचार्य निर्मला बरालले नवआगन्तुक विद्यार्थीप्रति स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको विगतको शैक्षिक यात्रा, प्राप्त उपलब्धि तथा भावी योजनाका विषयमा चर्चा गरिन् ।

कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालय स्थापनाको उद्देश्य, शैक्षिक सुधारका लागि गरिएको लगानी र भावी योजनाबारे आफ्ना विचार राखे । सहप्राचार्य दीपक गिरीले विद्यार्थीलाई समग्र रूपमा सक्षम बनाउने लक्ष्यसहित विद्यालय अघि बढिरहेको बताउँदै नवआगन्तुकलाई अवसरको उपयोग गर्न प्रेरित गरे ।

Advertisement

विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले विद्यालयको शैक्षिक तथा सहशैक्षिक कार्यक्रमबारे जानकारी दिँदै विद्यार्थीलाई पाठ्यक्रमसँगै नेतृत्व र सिर्जनशीलताको विकासतर्फ पनि सक्रिय रहन आग्रह गरे । कक्षा ११/१२ का संयोजक रघुनाथ वाग्लेले विद्यालयको प्लस टु तहको गतिविधि, कक्षा सञ्चालन, मूल्यांकन प्रणाली लगायतका पक्षबारे संक्षिप्त जानकारी दिँदै नवआगन्तुक विद्यार्थीलाई स्वागत गरे ।

कार्यक्रममा विद्यार्थीले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए । नृत्य, गीत, कविता तथा मन्तव्यमार्फत विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए । कक्षा १२ का अनुप गिरि, सन्देश यादव, यश थापा मगर र गौरव लामिछानेले सांगीतिक प्रस्तुति राखेका थिए भने तृप्ति खत्री, शुभेच्छा आचार्य, सन्ध्या जिरेल, तृप्ति सुनार, आश्रिया भट्टराई लगायतले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

Advertisement

कक्षा १२ की छात्रा रोशनी केसीले स्वागत नृत्य प्रस्तुत गरिन् भने सालिन श्रेष्ठ र हिमांशु सापकोटाले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै कक्षा १२ की स्नेहा रिजालले धन्यवाद मन्तव्य राखेकी थिइन् । कक्षा ११ को तर्फबाट विद्यालयकी छात्रा राशिका श्रेष्ठको मन्तव्य राखिन् । विद्यार्थी— आश्रिया भट्टराई, रानी कुँवर, आयु पाठक, रस्बी लामिछाने र लक्ष्मी श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया