अडान कास्कीद्वारा स्थापना दिवसमा भोजन सेवा र वृक्षारोपण

पोखरा
नेपाल अडिटेर्स एसोसियसन (अडान) जिल्ला कार्य समिति, कास्कीले आफ्नो २० औं स्थापना दिवस सामाजिक सेवाका काम गरेर मनाएको छ । स्थापना दिवसको अवसरमा समितिले पोखराको हेमजामा रहेको मानवसेवा आश्रममा आश्रितहरुका लागि भोजन सेवा प्रदान गर्नुका साथै आश्रम परिसरमा वृक्षारोपण गरेको छ ।
अडान कास्कीले आफ्नो व्यावसायिक उत्सवलाई मानवीय सेवामा समर्पित गर्दै आश्रममा आश्रित करिब एक सय जनालाई बिहानको विशेष भोजन गराएको थियो । भोजन सेवापछि संस्थाका केन्द्रीय तथा जिल्लास्तरीय पदाधिकारीहरुले आश्रम परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरणीय सन्देश पनि दिएका छन् ।
कार्यक्रममा अडानका केन्द्रीय अध्यक्ष गुणानिधि पाण्डेले व्यावसायिक संस्थाहरुले आफ्नो सामाजिक उत्तरदायित्व बिर्सन नहुने बताए । उनले भने, ‘लेखापरीक्षकहरुको काम आर्थिक पारदर्शिता र सुशासन कायम गर्नु मात्र होइन, समाजप्रति पनि हाम्रो गहिरो उत्तरदायित्व छ । अडान कास्कीले आफ्नो स्थापना दिवसलाई यसरी मानवीय सेवासँग जोडेर उदाहरणीय काम गरेको छ, यसले हामी सबैलाई प्रेरणा दिएको छ ।’ उनले अडानले देशभर नै यस्ता रचनात्मक र सामाजिक कार्यलाई प्रोत्साहन गरिरहेको जानकारी दिए ।
उक्त कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदी, केन्द्रीय उपमहासचिव शिवराज बराल, केन्द्रीय सदस्यहरु रुद्रनाथ पौडेल र पदमबन्धु पोखरेल लगायतका केन्द्रीय पदाधिकारीहरुको उपस्थिति थियो । उनीहरुको उपस्थितिले जिल्ला समितिको कार्यक्रमलाई थप महत्व दिएको थियो ।
अडान कास्कीका एक पदाधिकारीले २० औं वार्षिकोत्सव कुनै औपचारिक कार्यक्रममा मात्र सीमित नराखी समाजका लागि केही योगदान गरेर मनाउने सोचअनुसार कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘मानवसेवा आश्रममा आश्रित आमाबुबा तथा बालबालिकासँग बसेर खुसी साट्दा र आश्रम परिसरमा हरियाली थप्न वृक्षारोपण गर्दा हामीलाई आत्मिक शान्ति मिलेको छ ।’
कार्यक्रममा अडान कास्कीका पदाधिकारी, सदस्यहरु तथा अन्य शुभचिन्तकहरुको उल्लेख्य सहभागिता थियो । सहभागीहरुले व्यावसायिक संघसंस्थाले आफ्नो वार्षिकोत्सव जस्ता विशेष दिनमा फजुल खर्च गर्नुभन्दा यस्ता सामाजिक कार्यमा लगानी गर्नु अनुकरणीय भएको बताए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया