नेपाल अडिटर्स एसोसिएसन (अडान)को २०औं स्थापना दिवस

पोखरा ।
नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो स्थापना दिवसको अवसरमा देशैभरि साताव्यापी कार्यक्रम गर्ने योजना बनाएबमोजिम अडान कास्कीबाट विभिन्न कार्यक्रमका साथ स्थापना दिवस मनाइएको छ ।
संस्थाका सदस्यहरूलाई नवीनतम प्रविधिको जानकारी गराउने उद्देश्यले ‘व्यावसायिक अभ्यासमा कृत्रिम बौद्धिकताः अवसर तथा चुनौती’ विषयक प्रशिक्षणका साथै संस्थाका पूर्वअध्यक्षहरू केशवहादुर केसी, चन्द्रबहादुर सुवेदी, राजेन्द्र पौडेल, रुद्रनाथ पौडेल, कमल बहादुर रेग्मी र गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष पदमबन्धु पोखरेल समेतलाई सम्मान गर्ने कार्य भएको छ । अर्थविज्ञ तथा गण्डकी प्रदेशका आर्थिक मामिला सचिव टंक पाण्डेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उनले रजिस्टर्ड अडिटर्सहरूले प्रमाण पत्र मात्र लिएर नभई पेसा व्यवसायमा आवश्यकताअनुसार व्यावसायिक ज्ञान र सीप हासिल गर्न जरुरी रहेको बताए ।
अडान केन्द्रका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले नेपाल अडिटर्स एसोसिएसन २०६३ साउन २० मा स्थापना भएकोमा संस्था स्थापनाको उद्देश्य, सदस्यहरूको पेसागत हकहितका पक्षमा संस्थाले गरेका कामहरू जानकारी गराउँदै लेखापरीक्षण व्यवसायमा आएका नवीनतम मापदण्डहरूको प्रयोग एवं व्यवसायमाथि गैरव्यवसायी बिचौलियाहरूको आक्रमण नियन्त्रण गर्न चुनौती भएको हुँदा सम्पूर्ण लेखा व्यवसायीहरूले अनुशासितपूर्वक व्यवसाय गर्न अनुरोध गरे । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले लेखापरीक्षकहरूले प्रचलित ऐन, कानुन, मापदण्ड समेतलाई अध्ययन गरी वित्तीय विवरणहरू पेस गर्न सुझाव दिए ।
एआई भनेको के हो भन्ने विषयमा काठमाडौं विश्वविद्यालयका एआई विज्ञ डा. मनोज शाक्यबाट प्रशिक्षित सो कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणिनीधि पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश बास्तोला, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष, आइक्यान पोखराका अध्यक्ष, क्यान महासंघ कास्कीका अध्यक्ष, अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूका साथै अडान केन्द्रका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू, अडान गण्डकी प्रदेशका अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरू, आयोजक संस्था अडान कास्कीका पदाधिकारी र सदस्यहरू लगायत करिब ८० जना अग्रज अडिटर्स सदस्यहरू सहभागी रहेको सो कार्यक्रमको सञ्चालन अडान कास्कीका सदस्य कृष्णराज ढुंगानाले गरेका थिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया