बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन अध्यक्षमा बुद्धिबहादुर कुँवर

पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसन पोखराको २७ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनले बुद्धिबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । एसोसियसनको उपाध्यक्षमा राजु केसी, महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ र कोषाध्यक्षमा गोविन्द दाहाल चयन भएका छन् । कृष्ण कुँवर, अनु थापा,शम्भु खत्री,सन्जय श्रेष्ठ,प्रकाश पौडेल,दिनेश गुरुङ सदस्यमा चुनिएका छन् ।
अध्यक्ष चयन भएपछि कुँवरले संस्थाको व्यावसायिक हकहितका कुरामा ध्यान दिँदै संस्थाको छवि झन् उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए । “उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो”, उनले भने । मन्त्री थापाले उद्योगी व्यवसायीहरूलाई भरोसा र आधारका रूपमा परिभाषित गर्दै प्रदेश सरकारले गरेका प्रयासहरूको अपेक्षित प्रचारप्रसार नहुँदा जनचेतनामा ती काम ओझेलमा परेको स्पष्ट गरे ।
“उद्यमशील युवाहरूलाई नेपालमै लगानी गर्न प्रेरित गर्दै हामीले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको सीप विकास तालिम केन्द्रबाट १९ किसिमका तालिम सञ्चालन गर्दै आएका छौं”, उनले जानकारी गराए । तालिम लिएर स्वदेशमा नै उद्यम वा व्यवसाय गर्न चाहने युवालाई प्रदेश सरकारले बिउ पुँजी तथा बैंक ऋणको ५० प्रतिशत अनुदान उपलब्ध गराउने कार्यक्रम समेत ल्याएको भनाई उनको छ ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको भूमिका उल्लेखनीय रहेको भन्दै मन्त्री थापाले व्यापार प्रवद्र्धन, व्यवसायिक एकता र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाको प्रयासको प्रशंसा गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले आफू निर्वाचित भएर हालसम्म संघले गरेका कामहरुका बारेमा जानकारी गराउँदै पोखरा उधोग वाणिज्स संघ सधैन व्यवसायी साथीहरुको सुझाव अनुसार अगाडि बढ्ने बताए ।
पोखरा महानगरपालिका ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी साथीहरूका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए ।
संस्थाका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले एसोसिएसन आज यो अवस्थासम्म आएकोमा आफूलाई निकै खुशी लागेको भन्दै बुद्ध विशाल बजार भित्र व्यावसायिक प्रतिष्ठान मात्र हुने व्यवसायी साथीहरुलाई मात्र विशाल बजारको माया हुने तर बाहिरी व्यक्तिहरु कहिले पनि विशाल बजारको हितमा काम नगर्ने बताए । एसोसिएसनका मानार्थ सदस्य तथा सल्लाहकार सुदीप ढकालले विशाल बजारको हितमा काम गर्न सवैलाई आग्रह गरे ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष इन्द्रराज अर्यालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा सनातन धर्म सेवा समितिका अध्यक्ष रविन्द्र माकाजु लगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट सदस्य तथा पुराना व्यवसायीलाई सम्मान गरिएको थियो ।









पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
श्रमिक सहकारीको पुँजी सवा २ करोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया