पथ प्रदर्शकलाई नेभिगेसन तालिम

पोखरा । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले पर्यटन पथप्रदर्शकका लागि वाइल्डनेस, प्राथमिक उपचार, नक्साको प्रयोग, पर्वतीय पदयात्रा र नेभिगेसन तालिमको आयोजना सुरु भएको छ ।
गण्डकी अल्पाइन क्लब र काठमाडौं वातावरणीय शिक्षा परियोजना (किप)को प्राविधिक सहयोगमा भएको तालिममा ३० पथप्रर्दशकको सहभागिता छ । आइतबारदेखि सुरु भएको तालिम ६ दिनसम्म सञ्चालन हुने पर्वतारोहण संघ गण्डकी अध्यक्ष विकास गुरुङले जानकारी दिए । तालिममा डा अभिमन्यु श्रेष्ठ, डा राजेन्द्रमान कर्माचार्य, उदयमान श्रेष्ठ लगायतले सहजीकरण गर्ने छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणिराज लामिछानेले तालिमको उद्घाटन गरे । लामिछानेले पोखरा आउने पर्यटकमध्ये ७० देखि ८० प्रतिशत पदयात्राका लागि जाने जानकारी दिए । उनले पर्यटनको राजधानी पोखरा र पोखरा भ्रमण वर्ष २०२५ घोषणा भएको सन्दर्भमा धेरैभन्दा धेरै दक्ष प्रथप्रर्दशक आवश्यक पर्ने उल्लेख गरे ।
उनले मौसम पूर्वानुमान र नक्सा हेरेर पथप्रर्दशन गर्न जानेको भए हुदहुद आँधीमा मानवीय क्षति नहुने दाबी गरे । नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका पूर्वअध्यक्ष शेषकान्त शर्माले पर्यटकको पथप्रदर्शकको काम गरेर जीविकोपार्जन गर्न सम्भव भएको बताए । पोखरामा २ हजार ५ सयदेखि ३ हजार पथप्रर्दशक रहेको जानकारी दिदै उनले अन्तर्राष्ट्रिय मापदण्डका पथप्रर्दशक कमी भएको उल्लेख गरे ।
शर्माले पथप्रर्दशकलाई दुई दिनको लागि न्यूनतम २ हजार पारिश्रमिक आवश्यक पर्ने बताए । संघका सचिव मनशान्त घिमिरेले दक्ष जनशक्तिको अभावलाई अहिलेको तालिमले थोरै भए पनि सम्बोधन गर्ने जनाए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया