कास्की मोर्डनाइज्डमा वक्तृत्वकला

पोखरा । पोखरा १४ चाउथेमा रहेको कास्की मोर्डनाइज्ड एकेडेमीले कक्षा ११/१२ मा अध्ययन गर्ने विद्यार्थीबिच अन्तरसदनात्मक वक्तृवकला प्रतियोगिता गरेको छ । प्रतियोगिता नेपाली र अंग्रेजी दुवै माध्यममा भएको हो ।
प्रतियोगितामा नेपाली भाषातर्फ हरियो सदनबाट सुविक्षा हिराचन, सेतो सदनबाट प्रतीक्षा सार्की, रातो सदनबाट अंशु थापा क्रमशः प्रथम, द्वितीय र तृतीय बने । अंग्रेजीतर्फ हरियो सदनबाट प्रेना गुरुङ, सेतो सदनबाट एलिसा श्रेष्ठ र रातो सदनबाट कृष्टि तामाङ क्रमश प्रथम, द्वितीय र तृतीय भएका थिए ।
चार सदनबाट नेपाली र अङ्ग्रेजी दुवैतर्फ २/२ जना गरी १६ विद्यार्थी सहभागी भएका थिए । विद्यालयका नेपाली विभाग प्रमुख निरोज केसीको अध्यक्षतामा सञ्चालित प्रतियोगितामा विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले संसारमा गोलीभन्दा मानिसको बोली शक्तिशाली हुने हुनाले यस्तो प्रतियोगिताबाट विद्यार्थीले आफूभित्रको भाव र रागलाई बाहिर ल्याउनुपर्नेमा जोड दिए ।
नेपाली तर्फ निर्णायकमा शिवु ढकाल र यादव उपाध्याय र अंग्रेजीतर्फ बोधराज गौतम र ईन्द्र भुषाल थिए । कार्यक्रममा नेपाली विभाग प्रमुख केसीले विद्यार्थीले केवल पाठ्यपुस्तक पढ्नु मात्र सिक्नु नभई यस्ता क्रियाकलापबाट वास्तविक जीवन सिक्न सक्ने जनाए ।







निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री पाण्डे
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया