आँबुखैरेनीको ऐनापहरामा बस दुर्घटना, एक गम्भीरसहित ५ घाइते

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा आज दिउँसो करिब ४:२० बजे ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो ।
घाइतेमध्ये गोरखाको सहिद लखन गाउँपालिका-६ की ४० वर्षीया सुनु थापाको अवस्था गम्भीर छ । उनलाई आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज (सीएमसी) पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गोरखा नगरपालिका-९ का ५४ वर्षीय सनबहादुर गुरुङको अवस्था मध्यम छ । यस्तै, गोरखाको सहिद लखन गाउँपालिका-६ की ४३ वर्षीया सिता थापा, सोही ठाउँकी २८ वर्षीया मिना थापा र तनहुँको आँबुखैरेनी गाउँपालिका-१ की ७ वर्षीया खुशी रामदामको अवस्था सामान्य छ ।
सामान्य र मध्यम अवस्थाका घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार अन्य यात्रु भने सकुशल छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया