पोखरा आदर्शमा विद्यार्थी स्वागत

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ बगरस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलले कक्षा ११ मा नवप्रवेश गरेका विद्यार्थीलाई स्वागत गरेको छ । शनिबार विद्यालय परिसरमा भएको कार्यक्रममा १६ वटा सांस्कृतिक नृत्य, बहुभाषिक भाषण र लोक तथा पपगीत प्रस्तुत गरिए ।
कार्यक्रममा प्राचार्य फणीन्द्रप्रसाद अधिकारीले विद्यालयको मूल्य, अनुशासन र शैक्षिक दृष्टिकोणबारे प्रकाश पारे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निर्देशक नारायण न्यौपानेले पनि बोलेका थिए ।
कक्षा १२ का विद्यार्थीले नेपाली, अंग्रेजी, मगर, गुरुङ, तामाङ र नेवारी भाषामा बहुभाषिक अभिव्यक्ति दिएका थिए । लोकगायक राजन कार्कीको विशेष प्रस्तुतिसमेत रहेको थियो ।
शिक्षकहरूको सुपरिवेक्षणमा विज्ञान संकायका विद्यार्थीले भजन–कीर्तन प्रस्तुत गरे । मनोरञ्जन सत्रको सञ्चालन रश्मि अधिकारी र सुष्मिता बास्तोलाले गरेका थिए ।






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया