बाटुलेचौरको लिचीबारी प्रकरणमा सुजन लामा एमालेबाट निलम्बन

समाधान संवाददाता २०८२ साउन १८ गते १९:३१

पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पोखराको बाटुलेचौरस्थित चर्चित लिचीबारी प्रकरण र घुस लेनदेनमा मुछिएको आरोप लागेका सुजन लामा पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको छ । सँगसँगै र निजामती कर्मचारी के. गिरीलाई पार्टीले निलम्बन गरेको छ ।

Advertisement

तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका उनीहरूमाथि पार्टीले छानबिनपछि कारबाही अगाडि बढाएको हो ।

लामालाई पोखराको १३५ रोपनी क्षेत्रफलको लिची बगैँचा हडप्न मन्त्रीसँग आर्थिक लेनदेनको सेटिङ मिलाएको गम्भीर आरोप छ । यही प्रकरणका कारण तत्कालीन मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुपरेको थियो ।

Advertisement

लामामाथि लिचीबारी प्रकरणका अतिरिक्त कास्की मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न तत्कालीन मन्त्री गुप्तासँग ५३ लाख रुपैयाँ घुस सम्झौता गरेको र भूमि आयोग कास्कीको अध्यक्षका दावेदार खेम पुनलाई अध्यक्ष बनाउन २५ लाख रुपैयाँ प्रस्ताव गरेको जस्ता आरोपहरू पनि छन् । निलम्बनको निर्णय गर्नुअघि एमाले गण्डकीले लामासँग स्पष्टीकरण सोधेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया