काहुँ डाँडामा लालीगुराँस रोपियो
समाधान संवाददाता
२०८२ साउन १९ गते १६:०५

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ११ स्थित काहुँ डाँडा धरहरा परिसरमा साेमबार ५५ वटा लालीगुराँसका विरुवा राेपिएकाे छ । धारापानी सामुदायिक वन उपभोक्ता समितिकाे आयाेजना र हट फर अर्थ फाउन्डेसन, लायन्स क्लब अफ मर्दी हिमाल, वैदेशिक रोजगार शाखा संरक्षण संघ कास्कीको सहयोगमा राेपिएकाे हाे ।
अभियन्ता ढाकाराम लामिछानेको लागि गुराँस फुलाउ पर्यटक बोलाउ हाम्रो अभियान आगन्तुकको प्रोत्साहन भन्ने नाराका साथ वृक्षाराेपण गरिएकाे हाे ।
कार्यक्रममा वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीका अध्यक्ष सुजन श्रेष्ठ, वडा नम्बर ११ का जनप्रतिनिधि विष्णुप्रसाद घिमिरे, सामुदायिक वनका अध्यक्ष कुमार क्षेत्री, हटफर अर्थका अध्यक्ष पवन पाठक, लायन्स क्लब अफ मर्दी हिमालका अध्यक्ष रमेशकुमार गुप्ता लगायतकाे सहभागिता थियाे ।
सम्बन्धित








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया