बेगनासतालमा पुरुषको शव फेला
समाधान संवाददाता
२०८२ साउन १९ गते १६:१८

पोखरा ।
पाेखरा महानगरपालिका ३१ स्थित बेगनासतालमा एक पुरुषको शवको पानीमा तैरिएकाे अवस्थामा फेला परेकाे छ । तालमा शुक्रबार मृत फेला परेका पुरुषको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
तालमा शव फेला परेको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीको टोलीले शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।
शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने सनाखत हुन नसकेको प्रहरीले बताएकाे छ । चिनेजानेको वा कोही आफन्त भएमा नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरमा १००, ०६१५८७१००, ९८५६०१००३३ सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया