ऋण तिर्न सघाउने आश्वासनपछि हायु परिवार घर फर्कियो

समाधान संवाददाता २०८२ साउन १९ गते १७:११

पोखरा ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट बेपत्ता भएको हायु परिवार पोखरामा फेला परेपछि सोमबार आफ्नो घरतर्फ लागेको छ । साउन ८ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट हराएको सो परिवार साउन ११ गते पोखरामा भेटिएको थियो ।


गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रविन श्रेष्ठले सोमबार उनीहरुलाई आफ्नो साथमा गाउँ फर्काएका छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र वडा नम्बर ३० का वडाध्यक्ष दुर्गा सुवेदीले उक्त परिवारलाई बिदाइ गरे ।

वडाध्यक्ष सुवेदीले ‘उनीहरुलाई गगनगौंडाबाट गाडीमा राखेर पठाइयो’ भनी बताए । परिवारले लिएको ऋण तिर्न वडा कार्यालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरु गाउँ फर्कन राजी भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया