अन्नपूर्ण केबलकारलाई उत्कृष्टताको प्रशंसापत्र

पोखरा ।
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यवस्थापन र कार्यान्वयनमा उत्कृष्ट भएको भन्दै अन्नपूर्ण केबलकार लिमिटेडलाई श्रम कार्यालय पोखराले सम्मान गरेको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, श्रम तथा रोजगार कार्यालय पोखराले अन्नपूर्ण केबलकार लिमिटेडलाई प्रशंसापत्र प्रदान गर्दै हालै सम्मान गरेको हो ।
गण्डकी प्रदेशभित्रका जिल्लास्तरीय प्रतिष्ठान र उद्योगहरूको आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन तथा निरीक्षणका क्रममा अन्नपूर्ण केबलकार लिमिटेडले श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ बमोजिम व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यवस्थापन र कार्यान्वयनमा उत्कृष्ट देखिएको कार्यालयले प्रदान गरेको प्रशंसापत्रमा उल्लेख छ ।
श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकाल, कारखाना निरीक्षक ईश्वरमणि भण्डारी लगायतले उक्त प्रशंसापत्र अन्नपूर्ण केबलकार लिमिटेडका जनरल म्यानेजर दिनेश पौडेललाई हस्तान्तरण गरे ।
यसअघि पनि श्रम सुरक्षा तथा स्वास्थ्य व्यवस्थापन प्रवद्र्धनका लागि देशभरका प्रतिष्ठानहरूलाई श्रम कार्यालयले प्रशंसापत्र प्रदान गर्दै आएको छ । अन्नपूर्ण केबलकारलाई यसपालि गण्डकी प्रदेशमा उत्कृष्ट मानिएको कार्यालयले जनाएको छ ।
कम्पनीले २०७९ देखि पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा व्यावसायिक रूपमा केबलकार सेवा सुरु गरेको थियो । सेदीबगरदेखि सराङकोटसम्म २ किलोमिटर २ सय मिटरको उक्त दुरी पार गर्न १० मिनेट लाग्छ । अन्नपूर्ण केबलकारबाट फेवाताल, तालबाराही र सिंगो पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ भने सराङकोटबाट सूर्योदय तथा सूर्यास्तका लागि पनि केबलकार प्रयोग हुने गरेको छ ।
छोटो अवधिमै हजारौँ यात्रुहरूलाई दृश्यावलोकन र मनोरञ्जनसहित सन्तुष्ट बनाउन सफल भएको जनरल म्यानेजर पौडेलले बताए । त्यसैगरी सराङकोट धाममा रहेको ५१ फिट अग्लो गणेशको मूर्ति दर्शनका लागि हरेक मंगलबार नेपालीलाई २० प्रतिशत छुट, सराङकोट धाममा हरेक सोमबार महाआरती हुने हुँदा साँझ ४ बजेपछि यात्रुहरूका लागि २५० रुपैयाँमा केबलकारको यात्रा हुने भएको छ ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया