सर्वसाधारणलाई सतर्क रहन मनाङ प्रशासनको अपिल

पोखरा । हाल देशैभरि मनसुनी वर्षा भइरहेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मनाङले सर्वसाधारणमा अपिल गरेको छ ।
जिल्लाभर सानातिना छुटफुट घटनाबाहेक अन्य दुर्घटना नभएको तर मनसुनी वर्षाको समयावधि अझै बाँकी नै रहेको र वर्षाका कारण जुनसुकै बेला बाढी, पहिरो, डुबानजस्ता प्रकोप आइपर्ने भएकाले सतर्कता अपनाउन जिल्लावासीमा अनुरोध गरेको छ ।
विगत केही दिनदेखि मनाङमा पनि वर्षा भइरहेको छ । वर्षाका कारण खोलानालमा पानीको बहाव बढेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले मनाङ ङिस्याङ गाउँपालिकाको मनाङ र खाङसार जोड्ने मर्स्याङ्दी नदीको पुल केही होचो भएकाले नदीमा पानीको सतह बढ्नुका साथै पुल छुने वा पुलमाथिबाट पानी बहने भएकाले त्यस स्थानमा रहेका केही अवरोध हटाउने कामसमेत भएको बताए ।
बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ क्षेत्रमा पर्ने हावाडाँडामा पहिरो खसिरहने भएकाले बेँसीसहर–चामे सडक केही घण्टा बन्द हुने र खुल्ने भइरहेको छ । बेँसीसहर–चामे सडक अवरुद्ध हुन नदिन लमजुङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको पनि प्रजिअ आचार्यले बताए । वर्षा र पहिरोका कारण विद्युत् आपूर्ति बन्द हुने क्रम बढेकाले त्यसका लागि विद्युत् प्राधिकरण मनाङ र लमजुङलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा अंगका प्रमुखहरुसँग टेलिफोन सम्पर्क गरी जिल्लाको वर्तमान अवस्थाको जानकारी लिएका छन् । सांसद गुरुङले मनसुनजन्य प्रकोपबाट हुन सक्ने दुर्घटनाहरुलाई नजरअन्दाज गर्न नहुने भन्दै सतर्कता अपनाउनका साथै उद्धार र राहतका लागि पनि चौबिसै घण्टा तैनाथ रहन निर्देशन दिएका छन् ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया