लोककवि अलिमियाँको योगदानको चर्चा

समाधान संवाददाता २०८२ साउन २० गते १६:३८

काठमाडौं ।
काठमाडौंमा लोककवि अलिमियाँको योगदानको चर्चा गरिएको छ । लोककविको १९ औं स्मृति दिवसका अबसरमा ‘कन्सेप्ट नेपाल’ले काठमाडौंमा आइतबार आयोजना गरेको ‘सम्झनामा लोककवि’ कार्यक्रममा वक्ताहरुले उनी मानवतावादी कवि भएको बताए ।


अब लोककविका केही गीतहरू स्थापित गायकगायिकाको स्वरमा रेकर्डिङ गरिने भएको छ । अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखराको अगुवाई र लोकगायिका लोचन भट्टराईको सव्रिmयतामा वर्ष दिनभित्र गीत रेकर्ड गरिने भएको हो ।


‘मैले अलिमियाँ बुबाबाट आशीवार्द पाएकी छु । दुःखको कुरा उहाँ जिवितै छँदा उहाँका कुनै गीत गाउन पाइएन’, गायिका भट्टराईले भनिन्, ‘अब हामी सबै मिलेर उहाँका गीत रेकर्ड गर्नेछौं ।’

Advertisement


स्मरणीय छ, पोखरा मियाँपाटनमा वि.संं. १९७५ फागुन १५ गते जन्मिएका लाककवि अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसंगीतमा लागेर रनवन घन्काउँदै हिँडेका थिए । उनका गीति किताबहरू पनि प्रकाशित छन् ।


नेपाली लोकसाहित्य उन्नयनमा जीवन समर्पित गरेका लोककवि धार्मिक सहिष्णुताका प्रतिमूर्ति थिए । उनी मानवतावादी कवि थिए । उनको २०६३ साउन १८ मा निधन भएको थियो । त्यसपछि उनकै सुपुत्र हनिफ मियाँको अध्यक्षतामा अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान गठन गरिएको थियो । यसले लोककविको योगदानलाई संसारभर फैलाउन, चिरस्थायी बनाउन र लोकसाहित्य साधकको सम्मान गर्ने काम गर्दै आएको छ ।

Advertisement


स्मृति दिवसमा प्रतिष्ठानका अध्यक्ष मियाँले पिता लोककविका गीति कविता गाउनुका साथै रोचक सन्दर्भहरू सुनाएका थिए । त्यसैगरि सुदूरपश्चिमका सांस्कृतिक अभियन्ता हेमन्त विवशले लोककविको गीत गाएर सुनाएका थिए भने कवि एवम् पत्रकार भोजराज न्यौपानेले पोखरा बसाइमा लोककविसँग सँगालेका अनुभूति बाँडेका थिए ।


कार्यव्रmममा कवि एवम् अङ्ग्रेजी विषयका प्राध्यापक केशव सिग्देलले लोककविका सिर्जनाहरू अन्तर्राष्ट्रियकरण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।


भुइँमान्छेका आवाज उठाउँदै आएका लोककविको सम्झना गरिएको कार्यक्रम संयोजक एवम् पत्रकार अमृत भादगाउँलेले बताए । उनी लोककवि अलिमियिाँका जीवनीकार पनि हुन् । उनले वि.सं. २०५८ मा ‘लोककवि अलिमियाँ’ शीर्षक पुस्तक लेखेका थिए । अन्त्यमा लोककविको कविताको एउटा अंश :
मेरो माया फिजाऊँ भने संसारभरि पुग्छ
मेरो आँसु पोखौं भने सगरमाथा डुब्छ
छाती खोली देखाऊँ भने माछापुच्छ्रे झुक्छ
मनको तिर्खा मेटौं भने फेवातालै सुक्छ ।

तपाईको प्रतिक्रिया