रेडक्रसको प्राथमिक उपचार तालिम

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीले आधारभूत प्राथमिक उपचार प्रशिक्षणको आयोजना गरेको छ । प्रशिक्षणमा कास्की जिल्ला शाखाका प्रतिनिधि, पोखरा महानगरपालिकाका उपशाखाका प्रतिनिधि, रेडक्रसका स्वयंसेवक र कर्मचारी गरी २३ जनाको सहभागिता थियो ।
चार दिनसम्म सञ्चालन भएको तालिममा तालिम संयोजक मोहनसिंह खड्का , प्रशिक्षकहरू खेमराज सापकोटा, नवराज भण्डारी, सूर्यप्रसाद तिमिल्सिना ‘पालुवा’, लीला देवकोटाले सहजीकरण गरेको रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले जानकारी दिइन् ।
उनले नेपाल रेडक्रस सोसाइटी प्राथमिक उपचार तालिम निर्देशिका २०७४ अनुसार प्राथमिक उपचारको महत्व, अर्थ, सिपिआर, रक्तश्राप, हाडभचाई, मेरुदण्डको चोट, सर्प तथा जनावरको टोकाई, वातावरणीय समस्या लेक तथा लु लाग्ने समस्या, ज्वरो, झाडापखाला लगायतका विषयमा प्रशिक्षण दिइएको बताइन् ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले ‘एक घर, एक प्राथमिक उपचारक’ भन्ने नारासहित कास्की जिल्लामा विभिन्न गतिविधिमध्ये प्राथमिक उपचार तालिमलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिए ।
उपशाखा, विद्यालय, तथा समुदाय स्तरमा समेत प्राथमिक उपचारको तालिम सञ्चालन गरिँदै आएको उल्लेख गर्दै उनले दुर्घटनामा तत्काल प्राथमिक उपचार सेवा प्रदान गरी नजिकको अस्पतालमा पुर्याउन सकेमा जोखिम कम हुने बताए ।
रेडक्रस कास्कीका कोषाध्यक्ष तथा तालिम संयोजक मोहनसिंह खड्काले सैद्वान्तिक र प्रयोगात्मक अभ्याससहित तालिम सञ्चालन गरिएको उल्लेख गरे । उनले तालिमले विशेषगरी समुदायमा आकस्मिक रूपमा हुन सक्ने दुर्घटनामा तालिम प्राप्त स्वयंसेवकले समुदायमा परिचालित भई घाइतेलाई तत्काल प्राथमिक उपचार गरी अस्पतालसम्म पु¥याउन सक्ने सीप सहभागीले प्राप्त गरेको जानकारी दिए ।
सहभागी सुमित्रा आचार्यले विपद तथा आकस्मिक अवस्थामा तालिम प्राप्त स्वयंसेवकका रूपमा तत्काल समुदायमा परिचालित भई हुन सक्ने दुर्घटनालाई कम गर्ने र दुर्घटना भइहालेमा तत्काल प्रतिकार्य गरी समुदायलाई सेवा प्रदान गर्ने प्रतिबद्वता व्यक्त गरिन् । सहभागी विन्दुराज तिवारीले तालिमबाट सिकेको ज्ञानले समुदायमा परिचालित भएर काम गर्ने बताए ।
तालिमको समापन समारोहमा नेपाल रेडक्रस सोसाइटी, कास्की शाखाका निवर्तमान सभापति डण्डराज शर्मा, उपसभापति रमा न्यौपाने कोइराला, शाखाका सदस्य तथा प्राथमिक उपचार समितिका संयोजक बबिता सुवेदी, सदस्य तिमिल्सिना ‘पालुवा’ कर्मचारी भण्डारी लगायतले बोलेका थिए । समापन समारोहमा सबै सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया