पोखरा कलेज अफ म्यानेजमेन्टको अध्यक्षमा विनोद कायस्थ चयन

पोखरा ।
पोखरा कलेज अफ म्यानेजमेन्टको अध्यक्षमा विनोद कायस्थ चयन भएका छन् । पोखरामा हालै सम्पन्न २३ औं साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि कायस्थको अध्यक्षतामा ६ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको हो । समितिको निवर्तमान अध्यक्षमा प्रोफेसर डाक्टर टंकनाथ शर्मा तथा बोर्ड समिति सदस्यहरूमा श्रवणकुमार तिमिल्सिना, सुरेश प्रकाश चटौत, विश्व कुमार पौडेल र प्राज्ज्वल कायस्थ छन् । उक्त अवसरमा कलेजका नयाँ बोर्ड मेम्बर समीर शर्मालाई स्वागत समेत गरिएको छ । शर्मा काठमाडौंको ट्रिनिटी कलेजका पूर्व प्रिन्सिपल हुन् ।
नवनिर्वाचित अध्यक्ष कायस्थले पोखरा कलेज अफ म्यानेजमेन्टले यस क्षेत्रको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको र यसको गरिमा अझै माथि उकास्न आफ्नो प्रयत्न रहने बताएका छन् । शिक्षासँगै कलेजले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापहरूमा पनि संलग्न गराउँदै आएको छ । सामाजिक कार्य, शैक्षिक भ्रमण, खेलकुद जस्ता क्रियाकलापले पनि विद्यार्थीभित्रका अन्य प्रतिभाको प्रस्फुटनमा मद्दत पुग्ने र यस्ता क्रियाकलापहरूलाई समय सापेक्ष परिष्कृत गरिँदै लगिनेछ ।
सन् २००२ मा स्थापित कलेजले शैक्षिक क्षेत्रमा गर्विलो इतिहास रचेको छ । कलेजले सम्झन लायक थुप्रै उपलब्धिहरू हाँसिल गरिसकेको छ । समय सापेक्ष विद्यार्थीहरूले चाहे अनुसारको शिक्षा प्रणालीमा परिवर्तन ल्याउन कलेज सफल देखिएको छ ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया