जोशी समाजको नयाँ समिति

समाधान संवाददाता २०८२ साउन २१ गते १२:२०

पोखरा ।
जोशी समाज कास्कीको वार्षिक साधारण सभा तथा चौथो अधिवेशन भएको छ । अधिवेशनले आगामी ३ वर्षका लागि विश्वहरि जोशीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।


समाजको प्रथम उपाध्यक्ष प्रमिला जोशी, द्वितीय उपाध्यक्ष बद्रीकुमार जोशी, सचिव बखतमान जोशी, सहसचिव रचना जोशी, कोषाध्यक्ष सबिना जोशी र सहकोषाध्यक्षमा कमला जोशी छन् ।


कार्यसमिति सदस्यमा नन्दकुमार जोशी, राजेन्द्र जोशी, समित जोशी, मिरोजनारायण जोशी र प्रभारत्न जोशी छन् । कार्यक्रममा नेवा खलः कास्की अध्यक्ष अशोक पालिखेले पोखरामा भक्तपुरबाट छब्बिस कुरीया नेवारहरु आउने क्रममा नेवार समाजमध्ये जोशीहरु पनि आएको बताए ।

Advertisement


‘नेवारी संस्कार र संस्कृतिको जगेर्ना गर्र्न कार्यमा जोशी समुदायको योगदान छ’ उनले भने, ‘जोशीको संख्या कम भए पनि एक जुट र संकल्पका साथ लाग्नुपर्छ ।’ अहिले समाजमा संस्कृतिको नाममा विदेशी नक्कलले विकृति मौलाएको उल्लेख गर्दै उनले विशेष गरी महिलालाई सचेत भएर वैज्ञानिक हिसाबले उपयुक्त परम्परागत संस्कृतिको जगेर्ना गर्न लाग्न आग्रह गरे ।


उनले जोशी समाज नेवा खलः कास्कीको पदेन संस्थागत सदस्य भएको जानकारी दिए । सभाले अध्यक्ष श्रवणलाल जोशीले अध्यक्षको प्रतिवेदन, सचिव बखतमान जोशीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सबिना जोशीको आर्थिक प्रतिवदेनलाई सुधारसहित पारित गरेको छ ।

Advertisement

कार्यक्रममा अध्यक्ष श्रवणलाल जोशी, पूर्व अध्यक्षहरु मोहनमान जोशी र काजीमान जोशी, उपाध्यक्ष प्रमिला जोशी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया