मुक्तिनाथको काखैमा ‘यार्तुङ’ महोत्सव

जोमसोम ।
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ क्षेत्रमा मंगलबारदेखि ग्रान्ड ‘यार्तुङ’ महोत्सव २०८२ सुरु भएको छ । यहाँको जनप्रिय युवा क्लब पुराङ रानीपौवाको आयोजनामा विगतका वर्षहरूझैँ यसवर्ष पनि यार्तुङ महोत्सव सञ्चालन गरिएको हो ।
यहाँको पवित्र धार्मिक स्थल एवं पावनभूमि मुक्तिनाथको काखैमा अवस्थित वारागुङ मुक्तिक्षेत्र–१ स्थित पुराङ रानीपौवा खेलमैदानमा परम्परागत यार्तुङ महोत्सव शुभारम्भ गरिएको हो । महोत्सवको जिसस प्रमुख माया गुरुङ र भारकोट छोदे गुम्बाका लामा घीर्मी रिङजिन ठकुरीले संयुक्त रुपमा उद्घाटन गरे ।
महोत्सवमा बोल्दै जिसस प्रमुख माया गुरुङले यार्तुङ पर्व यहाँको मौलिक संस्कृति रहेकाले यस प्रकारका पर्वहरूको संरक्षण तथा पुस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताइन् । यहाँको क्लबले जिल्ला भित्र र बाहिर रहेका युवा खेलाडीहरूलाई संस्कृति जोगाउन, खेलकुद र मनोरञ्जनका माध्यमबाट आयोजना युवापंक्तिलाई एकताबद्ध गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिङ नामगेल गुरुङले यहाँको धर्मसंस्कृति जोगाउन स्थानीय सरकार प्रयत्नशील रहेको बताए । अध्यक्ष गुरुङले यार्तुङ महोत्सव सञ्चालनका लागि गाउँपालिकाले पाँच लाख बजेट विनियोजन गरेको समेत जानकारी दिए ।
मुस्ताङका प्रजिअ विष्णुप्रसाद भुसालले यहाँको यार्तुङ पर्व मुक्तिनाथ क्षेत्रकै पहिचान बनेको र यसले यहाँका युवाहरूलाई संस्कृतिसँग जोड्ने गरी खेलकुद र मनोरञ्जनका कार्यक्रम आयोजना हुनु नै युवापुस्तामा धर्मसंस्कृति र परम्परा जोगाउनतर्फ अग्रसर भएको उल्लेख गरे । युवा पलायन हुने लहर चलेको अवस्थामा यस प्रकारको महोत्सवले युवा पुस्तालाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न टेवा पुग्ने प्रजिअ भुसालको भनाइ छ ।
मुक्तिनाथ स्थित समुद्री सतहको तीन हजार ८ सय मिटरको उच्च उचाइमा यहाँको जनप्रिय युवा क्लबले हाईअल्टिच्युड सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरेको छ । महोत्सवमा तारा खेल प्रतियोगिता, घोडा दौड र कदम घोडा दौड प्रतियोगिताका साथै विविध मनोरञ्जनका कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए ।
यार्तुङ महोत्सव अन्तर्गत हाईअल्टिच्युड सेभेन ए साइड फुटबल प्रतियोगितामा मुस्ताङसहित छिमेकी जिल्ला मनाङ र उपल्लो डोल्पाबाट खेलाडी तथा दर्शकहरू यार्तुङ महोत्सवमा सहभागी भएको क्लबले जनाएको छ ।
यार्तुङ महोत्सवमा मुस्ताङका तीन पालिकाका १४ टिम, मनाङबाट दुई टिम र डोल्पाबाट एक टिम गरी १७ टिमको हाईअल्टिच्युड सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागिता छ ।
यार्तुङ महोत्सव सुरु भएसँगै मुक्तिनाथ क्षेत्रमा पर्यटक, विभिन्न जिल्लाका खेलाडी र दर्शकहरूको चहलपहल बढेको छ । यहाँ साउन २४ गतेसम्म यार्तुङ पर्व चल्नेछ । हिउँयाम सुरु भएको खुसियालीमा बर्खायामलाई बिदाइ गर्दै धार्मिक तथा सांस्कृतिक रुपमा यहाँ यार्तुङ पर्व मनाइने प्रचलन छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया