स्याङ्जामा गायक पशुपति शर्माको कार दुर्घटना हुँदा औंला भाँच्चियो
समाधान संवाददाता
२०८२ साउन २१ गते १९:५३

पोखरा ।
लोकगायक पशुपति शर्मा बुधबार स्याङ्जामा भएको एक सवारी दुर्घटनामा घाइते भएका छन् । पोखरादेखि वालिङतर्फ जाने क्रममा उनी चढेको कार दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, ग १ च ४१७१ नम्बरको उक्त कार सिद्धार्थ राजमार्गको भीरकोट नगरपालिका–२ स्थित एक कल्भर्टमा ठोक्किन पुगेको थियो । दुर्घटना हुँदा शर्मासहित गाडीमा जम्मा चार जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।
उनी एक सांगीतिक कार्यक्रममा सहभागी हुनका लागि स्याङ्जा पुगेका थिए । उक्त दुर्घटनामा शर्माको देब्रे हातको एउटा औंला भाँचिएको छ भने कारमा सामान्य क्षति पुगेको छ ।
आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै शर्माले भने, ‘कार घुम्तीमा अनियन्त्रित भएर नालीमा खसेको हो, मेरो एउटा औंला भाँचियो तर अरू ठूलो चोट छैन, मसँगै रहेका अरू साथीहरू पनि सामान्य अवस्थामा छन् ।’
सम्बन्धित









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया