
लेखनाथ । साविक लेखनाथ नगरपालिका, रुपा गाउपालिका र मादी गाउपालि कार्यक्षेत्र रहेको लेखनाथ उद्योग बाणिज्य संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं महाधिवेशन नजिकिँदै छ । संघको नयाँ नेतृत्व चयन गर्ने अवसर नजिक आउँदन यस क्षेत्रका व्यवसायीलाई चुनावी चटारो छ ।
उद्योगी, व्यवसायीको छाता संगठनका रुपमा रहेको लेउवा संघको १५ औं महाधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । संघको विधान अनुसार असार मसान्तसम्म नवीकरण भएका व्यवसायीले मात्र मत हाल्न पाउँछन् । यो संख्या २ हजार १९ छ । यो वर्षमात्र ४ सय ३९ नयाँ सदस्य थपिएका छन् ।
चुनावी वर्ष भएकाले पनि नयाँ सदस्य थप भएका हुन् । अधिवेशन तोक्ने सवालमा अध्यक्ष विनोद श्रेष्ठ र महासचिव जानुका अधिकारी बिचको विवाद उत्कर्षमा छ । पूर्वअध्यक्षहरुले दुवैलाई सहमतिमा ल्याए पनि निर्वाचनको मिति भदौ २० र २१ गतेलाई प्रस्ताव भए भएको छ ।
२०१९ मतदाताले १९ सदस्यीय कार्यसमिति चुन्ने छन्
आधिकारिक रुपमा मिति घोषणा हुन बाँकी छ । अध्यक्ष श्रेष्ठले दुई÷चार दिनपछि बस्ने अर्को बैठकले मिति यकीन गर्ने जनाए । यसपालि पनि राजनीतिक दल निकटकताकै आधारमा उम्मेदवार बन्ने र मतदान गर्ने परिस्थिति सिर्जना हुने देखिएको छ ।
अध्यक्ष श्रेष्ठको कार्यकाल सकिन केही समयमात्र बाँकी रहँदा नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र महासचिव जानुका अधिकारी पराजुलीबिच चुनाव हुने प्रतिस्पर्धा हुने पक्का भएको छ ।
ओझा एमाले निकट हुन् भने जानुका नेपाली कांग्रेस निकट हुन् । केन्द्रमा मुख्य २ ठूला दल मिलेर सरकार बनाए पनि संघको निर्वाचनका लागि २ दलका बिच धु्रवीकरणको अवस्था देखिएको छ । ओझाको समूहमा केही कांग्रेस निकट उम्मेदवारसमेत रहका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको समेत साथ देखिन्छ ।
यता, जानुकाको समूहलाई नेकपा (माओवादी केन्द्र) को साथ छ । यी २ समूह समूह आ–आफ्नो टिम बनाएर केही महिनाअघि बाटै चुनावको तयारीका लागिसकेका थिए । उनीहरु व्यवसायीको घर,दैलोमा एजेन्डासहित पुगेका छन् ।
दुवै पक्षले पदाधिकारीसम्मको टिम तयार पारे पनि कार्यसमिति सदस्यमा भने पर्ख र हेरको अवस्थामा छन् । वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको टिमबाट वर्तमान प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु) वरिष्ठ उपाध्यक्ष, महिला उद्यमी मेनुका श्रेष्ठ प्रथम उपाध्यक्ष, सल्लाहकार धीरज श्रेष्ठ द्वितीय उपाध्यक्ष, महासचिवमा गत वर्ष जानुका अधिकारीसँग महासचिव पदमा नै पराजित जीवन तिवारी, उपमहासचिवमा कार्यसमिति सदस्य लक्ष्मी ढुंगाना(एलपी) र कोषाध्यक्षमा कार्यसमिति सदस्य टीकाराम सापकोटा अघि सर्ने तयारीमा छन् ।
महासचिवबाट अध्यक्ष पदका लागि उमेदवारी दिने घोषणा गरेकी जानुका अधिकारी पराजुलीको टिमको वरिष्ठ उपाध्यक्षमा पूर्व द्वितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा वर्तमान द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्य र द्वितीय उपाध्यक्षमा हालका कोषाध्यक्ष ध्रुवबावु भट्टराईले उम्मेदवारी दिने तयारी छ ।
हालका उपमहासचिव भरतराज ओझा महासचिवमा, कार्यसमिति सदस्य गंगा मल्ल उपमहासचिव र कार्यसमिति सदस्य नै रहेका हरि बस्ताकोटी कोषाध्यक्ष पदका उमेदवार बन्ने भएका छन् ।
८ खुला सदस्य पदका लागि दुवै समूहले आधिकारिक टिम बनाइसकेका छैनन् । निर्वाचनबाट चुनिने खुला सदस्यका लागि पुराना अनुहारबाट प्रतीक्षा रानाभाट र प्रभा पौडेलको नाम चर्चामा छ भने नयाँ अनुहारमा घनश्याम ढुंगाना, वीरेन्द्र भुर्तेल, दीपक अधिकारी, सुजन न्यौपाने, आइटी इन्जिनियर किशोर अधिकारी, सन्तोष हमाल, सुरेन्द्र गुरुङ, रुद्र रेग्मी, कृष्ण तिमिल्सेना, रविन विक, सन्दीप बुढाथोकी र वन्धुचन्द्र बरालले आकांक्षा देखाएका छन् ।
महिला सदस्यमा अहिलेसम्म सर्मिला श्रेष्ठले आकांक्षा सार्वजनिक गरेकी छन् भने संस्थागत सदस्यमा लेखनाथ होटल एसोसियसनका अध्यक्ष वीरभद्र कँडेल र एसोसियट सदस्यमा भगवती हाइडोपावरका सञ्चालक सागरमोहन भट्टराई र हालका कार्यसमिति सदस्य दयाराज भण्डारीको नाम चर्चामा छ ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया