पोखराका ताल सरसफाइ गर्न लक्ष्मी ग्रुपसँग महानगरको एमओयू

पोखरा ।
पोखरा महानगरपालिकाले तालहरूको दीगो संरक्षण र विकासका लागि ‘ताल संरक्षण र विकास परियोजना’ सञ्चालन गर्न लक्ष्मी गु्रपसँग एमओयू सम्झौता गरेको छ । यो सम्झौतामार्फत तालहरूको संरक्षण, जैविक विविधता, पर्यावरणीय सन्तुलन र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने उल्लेख छ ।
लक्ष्मी गु्रपले सामाजिक उत्तर दायित्व अन्तर्गत पोखरामा रहेका तालहरुको सरसफाइ र संरक्षणका लागि ५ वर्षीय परियोजना सञ्चालन गर्ने मेयर धनराज आचार्यले बताए । परियोजना अन्तर्गत पहिलो चरणमा फेवाताल, बेगनासताल, रूपाताल, दीपाङ ताल, गुँदे ताल, कमल पोखरा, न्यूरेनी ताल र खास्टले तालको अवस्थालाई अध्ययन गरेर दीगो संरक्षणका लागि योजना सम्झौता पत्रमा उल्लेख छ ।
परियोजनाका क्रममा ताल क्षेत्रमा रहेका बस्ती र सरोकारवालासँग छलफल, जनचेतना अभिवृद्धि, वातावरणीय प्रभाव मूल्यांकन र व्यवस्थापन योजना तयार गरिने उल्लेख छ । तालको वातावरण र जैविक विविधता संरक्षण, अवैध दोहन नियन्त्रण, फोहोरमैला व्यवस्थापन, जलचरको संरक्षण, पर्यटनको दिगो प्रवद्र्धन तथा जलवायु अनुकूलनको काम गर्ने सम्झौता भएको हो ।
मेयर आचार्यले ताल पोखराको पहिचान र गौरव भएको भन्दै तिनीहरूको संरक्षणका लागि दीर्घकालीन कार्यक्रम आवश्यक रहेको बताए । उनले तालहरूको संरक्षणले स्थानीय बासिन्दाको जीवनस्तर, रोजगार र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । परियोजना सफल गर्न ६ महिनासम्म तालको अवस्थाबारे अध्ययन गरी विस्तृत प्रतिवेदन तयार गरिनेछ । प्रतिवेदनका आधारमा तालहरूको गुणस्तर सुधार, अवैध अतिक्रमण नियन्त्रण र वातावरणीय सन्तुलन कायम गर्ने योजना बनाइनेछ ।
लक्ष्मी गु्रप तथा लक्ष्मी फाउन्डेसनका अध्यक्ष गणेशबहादुर श्रेष्ठले तालहरूको संरक्षण र विकासमा समुदायको सहभागिता र सहकार्य अपरिहार्य रहेको बताए । उनले यो परियोजना अन्तर्गत स्थानीयलाई रोजगारीमा जोड्दै फेवातालको सरसफाइल, जलकम्भीबाट झोला लगायतका सामाग्री बनाउने सुनाए । ‘अझै पनि पोखरामा २० हजार दाउराबाट खाना पकाउने परिवार छ । दाउरालाई विस्तापित गर्न इन्डक्सन चुलो वितरण गर्छाैं,’ उनले भने, ‘लेक क्लिन, लक्ष्मी गु्रपमा इन्टन्सिप प्रोगाम लगायत पोखरा केन्द्रीत कार्यक्रम गर्छौैं ।’








पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया