निजामती कर्मचारी युनियन कास्कीमा सापकोटा र रेग्मी भिड्दै

पोखरा ।
नेपाल निजामती कर्मचारी युनियन, कास्कीको नयाँ नेतृत्वका लागि केदार सापकोटा र विनोद रेग्मीबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरु दुवैजनाले उम्मेदवारी घोषण गरेका छन् । यद्यपि निर्वाचन प्रक्रिया भने सुरु भइसकेको छैन ।
अहिलेका उपाध्यक्ष सापकोटाले स्वागत मन्तव्य राख्ने क्रममा अध्यक्षका लागि अघि बढ्ने जानकारी गराएका हुन् । ‘२०७१ देखि नेपाल निजामती कर्मचारी युनियन, कास्कीमा सेवा गरिरहेको छु । सदस्य, सहसचिव, सचिव हुँदै उपाध्यक्ष भएको छु,’ उनले भने, ‘अब योभन्दा माथि कता जाने भनेर सोंच्दा अध्यक्ष नै हो । त्यसैले यही मञ्चबाट अध्यक्षमा उम्मेदवारीको घोषणा गरेको छु । सबै साथ दिनुहुनेछ भन्ने विश्वास छ ।’
जिल्लासँगै पहिलो प्रदेश विभागीय अधिवेशन भएकाले पनि यो अधिवेशन खास रहेको उनले सुनाए । उम्मेदवारी घोषणा गरेपनि सर्वसम्मत नेतृत्व टुंग्याउने पहल अघि बढिरहेकाले आफू अध्यक्ष बन्ने उनी ढुक्क छन् । उनी अहिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नीजी सचिवालयमा छन् ।
तर, सापकोटाले सर्वसम्मतको कुरा गरिरहँदा व्यवसायिक सीप विकास तथा तालिम केन्द्र पोखरामा लेखा अधिकृत विनोद रेग्मीले पनि अध्यक्षमा आकंक्षा व्यक्त गरेका छन् । रेग्मीले सामाजिक सञ्जालमार्फत् उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
२०७० बाट निजामती सेवा प्रवेश गरेका उनी हाल व्यवसायिक सीप विकास तथा तालिम केन्द्र पोखरामा लेखा अधिकृत छन् । यसअघि उनले म्याग्दीबाट युनियनको केन्द्रीय प्रतिनिधि, मुस्ताङ जिल्ला कार्यसमितिको सहसचिव र गण्डकी प्रदेश कार्यसमिति सचिवको जिम्मेवारी निर्वाह गरिसेका छन् ।
अधिवेशनले १९ सदस्यीय नेपाल निजामती कर्मचारी युनियन, कास्कीको टिम निर्वाचित गर्नेछ भने, सोही संख्यामा पहिलो प्रदेश विभागीय समिति चयन हुनेछन् । यस्तै जिल्लाबाट ७÷७ जना, प्रदेश विभागीय समितिबाट ३/३ जना प्रदेश र केन्द्रीय महाधिवेशस सदस्य पनि टुंगो लगाउनेछ ।
कास्कीमा ९ सय ९७ सदस्य र प्रदेश विभागीय समितिमा २ सय १९ जना साधारण सदस्य छन् ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया