बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता

पोखरा ।
शुक्ला साहित्य प्रतिष्ठान पोखरा १६ बाटुलेचौरले राष्ट्रिय कृष्ण भजन प्रतियोगिता २०८२ गर्न लागेको छ । कृष्ण जन्माष्टमी अवसरमा प्रतिष्ठानले आगामी साउन ३१ गते बाटुलेचौरको मैदानमा २६ औं सस्करणको प्रतियोगिता गर्न लागेको हो ।
प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले लोक सम्पदा र संस्कृतिको जगेर्ना गर्न सकेमात्र साहित्य र सुसंस्कृत समाज निर्मााण गर्न सहयोग पुग्ने भएकोले भजन प्रतियोगिता गरेको जानकारी दिइन् ।
‘लोक संस्कृति र साहित्यको उर्वरभूमि बाटुलेचौरमा प्रतिष्ठानले कला, संस्कृति, भाषा र साहित्यको जगेर्ना गर्नको लागि राष्ट्रिय स्तरको कार्यक्रम गर्दै आएको छ,’उनले भनिन्, ‘साहित्यका विविध विधालाई समेटेर काम गर्दै आएको प्रतिष्ठानले विगत ३६ वर्षदेखि उल्लेख्य पुरस्कार राशी सहित भव्य र सभ्य रुपमा भजन प्रतियोगिता निरन्तर रुपमा गरेको छ ।’ उनले कृष्ण जन्माष्टमीको सबै गतिविधि गर्न अनुमानित १६ लाख खर्च लाग्ने बताइन् ।
अध्यक्ष बस्नेतले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने भजन समूहलाई क्रमशः १ लाख, ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको जनाइन् ।
प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष बस्नेतको संयोजकत्वमा मुृल आयोजक समिति र विभिन्न २३ उपसमिति गठन गरिएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १९का अध्यक्ष पुष्पेन्द्र पाण्डेले कला, साहित्य र संस्कृतिको देश विकासको समग्र विकासको मापन हुने बताए । उनले कला साहित्यलाई मानवीय विकास र सभ्यताको सूचकको रुपमा लिइने जानकारी दिए । भजनका संयोजक नेत्रबहादुर बस्नेतले प्रतिष्ठानले नयाँ पुस्तालाई भजन सिकाउन ध्यान दिने बताए । उनले भजन प्रतियोगितामा शब्द, लय र ताललाई ध्यान दिने उल्लेख गरे ।
अर्थ समितिका संयोजक सुमनराज पौडेलले तीन तहको सरकार र आजीवन सदस्यलाई जोडेर आर्थिक संकलनको काम भएको जनाए ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक कुञ्जराज थापा, वरिष्ठ उपाध्यक्ष गीता भट्टराई भण्डारी, सचिव रामप्रसाद पौडेल, सहसचिव तथा प्रचार प्रसार संयोजक सञ्जय थापा लगायतले कृष्ण भजन प्रतियोगिताको तयारीको बारेमा बोलेका थिए ।
‘कला, साहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ काम गर्दै आएको प्रतिष्ठानले साहित्यका विविध विधालाई समेट्दै वार्षिक कार्ययोजना निर्माण गरी साहित्यिक गोष्ठी, कार्यशाला तथा सेमिनार गर्दै आएको छ । जनकवि केशरी धर्मराज थापाको अध्यक्षतामा २०४५ सालमा शुक्ला साहित्य प्रतिष्ठान गठन भएको हो ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया