निजामती कर्मचारी युनियन कास्कीमा सापकोटा नेतृत्वको कार्यसमिति, को-को भए विजयी र पराजित? (सूचीसहित)

पोखरा । नेपाल निजामती कर्मचारी युनियन, कास्कीको नवौं जिल्ला अधिवेशनले केदार सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । राति साढे १२ बजे सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सापकोटाले आफ्ना प्रतिस्पर्धी विनोद रेग्मीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
अध्यक्ष पदमा केदार सापकोटाले ३ सय २५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी विनोद रेग्मीले १ सय ६२ मत पाए । त्यसैगरी, खुल्लातर्फको उपाध्यक्ष पदमा सुमन शर्मा २ सय ८२ मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी पुरुषोत्तम पौडेलले १ सय ८९ मत प्राप्त गरे । कार्यसमितिका अन्य पदमा भने निर्विरोध नेतृत्व चयन भयो ।
नयाँ कार्यसमितिसँगै प्रदेश र केन्द्रीय प्रतिनिधिहरू समेत चयन भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पूर्ण विवरण अनुसार विजयी तथा पराजित उम्मेदवारहरूको सूची यसप्रकार छ:
जिल्ला कार्यसमिति, कास्की
- अध्यक्ष: केदार सापकोटा (३२५ मत – निर्वाचित)
- उपाध्यक्ष (खुल्ला): सुमन शर्मा (२८२ मत – निर्वाचित)
- उपाध्यक्ष (महिला): रञ्जना पोख्रेल (पौडेल) – निर्विरोध
- उपाध्यक्ष (समावेशी): नर बहादुर सारु – निर्विरोध
- सचिव: राजेन्द्र शर्मा – निर्विरोध
- सह-सचिव (युवा): मन्जु सुवेदी – निर्विरोध
- कोषाध्यक्ष: दिपक शर्मा पराजुली – निर्विरोध
- सदस्यहरू (सबै निर्विरोध):
- नारायणराज पौडेल, धनराज पराजुली, डालाराम बसौला, मोहनप्रसाद पौडेल, राजन ढकाल, शारदा सुवेदी (महिला), गंगा अधिकारी (महिला)
प्रदेश प्रतिनिधि
निर्वाचित प्रतिनिधिहरू:
- सुदिप रेग्मी (३६६ मत)
- दिनेश चापागाईं (२८६ मत)
- चेतराज आचार्य (२५७ मत)
- झलकराज पौडेल (२४१ मत)
- काशीराम पौडेल (२३९ मत)
- विषनबहादुर थापा (समावेशी) – निर्विरोध
- मिना कुमारी श्रेष्ठ (महिला) – निर्विरोध
पराजित उम्मेदवारहरू:
- कृष्णचन्द्र न्यौपाने (१५६ मत)
- तेजाखर लम्साल (१८५ मत)
- अर्जुन लामिछाने (१२३ मत)
केन्द्रीय प्रतिनिधि
निर्वाचित प्रतिनिधिहरू:
- सूर्यप्रसाद तिवारी (३०६ मत)
- डिल्लीराज सुवेदी (२९४ मत)
- प्रमोद अर्याल (२८० मत)
- डिल्लीराम रेग्मी (२६२ मत)
- महेन्द्र गुरुङ (२११ मत)
- सीता बराल ढुङ्गाना (महिला) – निर्विरोध
- अर्जुन गुरुङ (समावेशी) – निर्विरोध
पराजित उम्मेदवारहरू:
- प्रेमप्रसाद रेग्मी (२१० मत)
- कृष्ण प्रसाद रिजाल (२०२ मत)
- रमाकान्त पौडेल (१६७ मत)
- सिताराम दाहाल (१४४ मत)
निर्वाचन समिति संयोजक अधिवक्ता शालिग्राम भट्टराईका अनुसार अनुसार शुक्रबार भएको मतदानमा निर्धारित समयसम्म ५ सय ७ जनाले मतदान गरेका थिए । कूल ९ सय ९७ साधारण सदस्य रहेको नेपाल निजामती कर्मचारी युनियन, कास्कीमा ६ सय ५५ जनालाई मताधिकार थियो ।











महाकालेश्वर मार्ग टोल विकासमामा चालिसे
हिमालय क्लबको सभा
तमु फोटो प्रतियोगितामा राम गुरुङ प्रथम
लेक लाग्न नदिने उपाय खोजी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया