मुस्ताङमा खोलाले बगाउँदा १ युवा बेपत्ता

मुस्ताङ । मुस्ताङमा जङ्गलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । बागलुङको जिल्ला निसी खोला गाउँपालिका–६ घर भई हाल मुस्ताङको घरपझोङ–५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा विगत छ महिनादेखि कार्यरत अन्दाजी २३ वर्षीय हिमाल विक शुक्रबारदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यायल मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार श्रीमतीसहित पाँच जनाको समूह कोभाङ फेदी जङ्गलमा च्याउ टिप्न जाने क्रममा सोही स्थानमा रहेको धुम्बा खोला तर्ने क्रममा अचानक खोलाको पानीको बाहव बढ्न गई निज विकलाई खोलाले बेपत्ता बनाएको हो ।
त्यहाँको धुम्बा खोलाले युवालाई बगाउँदा बेपत्ता भएको खबर सोही स्थानमा बस्ने डिल्लीजङ्ग गुरुङले जिल्ला प्रहरी मुस्ताङलाई खबर दिएका थिए । धुम्बा खोलाले बगाउँदा युवा बेपत्ता भएको प्रहरी कार्यालयमा खबर गरिएलगत्तै मुस्ताङका प्रहरी प्रमुख छिरिङ किप्पा लामाको कमाण्डमा आठ जनाको प्रहरी टोली र सहायक प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएर बेपत्ता युवाको खोजतलास कार्य जारी राखेको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए । खोलाले बगाएको उक्त स्थान जिप्रका मुस्ताङबाट करिब सात किमी पश्चिम पूर्वमा पर्ने प्रहरीले जनाएको छ । घटनाबारे थप विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया