पोखराको गोकुलधाम गौशालामा खानेपानी बोरिङ उद्घाटन

समाधान संवाददाता २०८२ साउन २४ गते १४:५२

पोखरा । पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासंघ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) मा खानेपानी बोरिङ उद्घाटन गरिएको छ । सडकमा छाडा छोडिएका पशुचौपायाको संरक्षणका लागि निर्माण गरिएको गौशालाका लागि आवश्यक खानेपानी बोरिङको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

पोखरा महानगरपालिकाले गौशाला सञ्चालनमा प्रत्यक्ष सहयोग गर्दै आइरहेको छ । महानगरको २५ लाख रुपैयाँ सहयोगमा गौशाला परिसरमा खानेपानी बोरिङ, एककोठे भवन, खानेपानी ट्यांकी र पाइपलाइन विस्तारको काम भएको हो ।

युवा पण्डित कमलनयन गौतमले उक्त गौशालाको रेखदेख गर्दै आएका छन् । उनको पहलमा पोखरा महानगर क्षेत्रमा छाडा छोडिएका गाईवस्तुको संरक्षण र आश्रयको व्यवस्थापन हुँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया