विद्या निकेतनमा स्वागत कार्यक्रम

पोखरा ।
पोखरा १७ विरौटामा स्थित विद्या निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ मा होटल व्यवस्थापन र व्यवस्थापन सङ्कायमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ । शुक्रबार कक्षा १२ का विद्यार्थीको आयोजना तथा विद्यालयको संयोजनमा स्वागत गरिएको हो।
कार्यक्रमको सभापतित्वमा विद्यालयका संस्थापक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद आचार्य थिए ।हिसान कास्कीका सचिव किरण सापकोटाले वडा नम्बर १७ विरौटाकै नमुना प्लस टु विद्यालय बनाउनमा नयाँ व्यवस्थापन टिम सफल हुने अपेक्षा राखे ।
कार्यक्रममा कम्प्युटर विज्ञान शिक्षक पृथ्वी बस्यालले स्वागत मन्तव्य राखेका थिए भने पोखरा १७ का जनप्रतिनिधि विक्रम गुरुङ, विद्यालयका संस्थापक प्राचार्य धिरेन कार्की, विद्यालयका संस्थापक तथा प्रबन्ध निर्देशक हुमनाथ लामिछाने, विद्यालयका संस्थापक डाक्टर रामजी पोखरेल, प्लस टु संयोजक ध्रुव अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन नयाँ टिमको प्लस टु निर्देशक तथा सामाजिक अध्ययन विषयका शिक्षक श्रीकृष्ण श्रेष्ठले गरेका थिए।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया