गुरुङ गहना घर प्रालिको खुला रक्तदानमा ११४ युनिट रगत संकलन

पोखरा । गुरुङ गहना घर प्रालिले पोखरामा आइतबार बिहान आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ११४ युनिट रगत संकलन भएको छ । प्रालिका सञ्चालक सीमा गुरुङको जन्मदिनको अवसरमा पोखरा–९ न्युरोडस्थित गुरुङ गहना घर प्रालिको प्रांगणमा भएको रक्तदानमा ११४ युनिट रगत संकलन भएको हो ।
रक्तदान संगै आइतबार नै साहित्यकार तीर्थ गुरुङलाई नगद र कदरपत्रसहित सम्मान गरिएको छ । ‘पाठशाला’ र ‘हिउँको गीत’ उपन्यासका लेखक गुरुङलाई नगद रु २० हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनलाई प्रदेश सांसदहरू पञ्चराम गुरुङ, सरस्वती गुरुङ, गुरुङ गहना घर प्रालिका सञ्चालक सीमा गुरुङ, प्रबन्ध निर्देशक नेल्सन गुरुङ, तमु तमुधि नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, सञ्चारकर्मी बालकासी गुरुङ लगायतले नगद, कदरपत्र, दोसल्ला प्रदान गरेका हुन् ।
कार्यक्रममा सञ्चालक सीमा गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रक्तदान कार्यक्रम आयोजना गरेको बताइन् । आर्थिक अप्ठ्याराहरूका बाबजुद पनि अर्थ बजारमा योगदान दिन र आत्मनिर्भर बन्नका लागि सुनचाँदी व्यवसायमा लागेको बताउँदै त्यसमा अहिले सरकारले विलासिता कर र मूल्य अभिवृद्धि कर लगाएपछि मारमा परेको उल्लेख गरिन् । उनले विलासिताको नाममा थपिएको करले व्यवसायी र ग्राहक दुवैलाई नकारात्मक असर पारेको बताउँदै आफूहरू विलासिता करको विरोधमा रहेको बताइन् ।
प्रबन्ध निर्देशक नेल्सन गुरुङले गुरुङ गहना घरको नयाँ शाखा विस्तार गर्न लागेको बताए । नयाँ शाखाको असोज ६ गते घटस्थापनाको दिन शुभारम्भ गरिने जनाउँदै सो दिन सहभागी भइदिन आग्रह गरे । युवाहरूको विदेश पलायन बढिरहँदा आफूले स्वदेशमै केही गर्ने हुटहुटीसहित व्यवसाय सम्हाल्दै आएको बताए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया