भूमि समस्याबारे पोखरामा छलफल

समाधान संवाददाता २०८२ साउन २६ गते १७:४९

पोखरा ।

भूमी अधिकार मञ्च नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा आइतबार भूमिहीन दलित, भूमीहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीबारे भूमि आयोग एवं जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग छलफल भएको छ ।

कार्यक्रममा भूमि समस्या समाधान आयोग कास्की अध्यक्ष बैनबहादुर गुरुङले भूमि समस्या समाधानकै लागि आयोग गठन भएकाले स्थानीय तहहरुले यथार्थ विवरण आयोगमा उपलब्ध गराएको केही समयमै आफूबाट कुनै पनि काम नरोकिने बताए । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आफ्नो वडामा बसोबास गरेका सबैलाई यही बासको व्यवस्था गर्न पाए राम्रो हुने विचार राखे ।

Advertisement

कार्यक्रममा भूमि समस्या समाधान आयोग कास्कीका प्रवक्ता आसबहादुर गुरुङले स्थानीय तह र स्थानीयको सहयोगले मात्र आयोगले कार्य गर्न सक्ने बताए । कार्यपालिका सदस्य गोपी तुलाचन, भूमी अधिकार मञ्च नेपाल गण्डकी प्रदेश अध्यक्ष रामबहादुर लामिछाने, नेपाली काँग्रेस पोखरा ९ सभापति शिवराज बास्तोला, नेकपा एमाले पोखरा ९ अध्यक्ष सरस्वती श्रेष्ठ, माओवादी केन्द्र पोखरा ९ अध्यक्ष अमीम तामाङ, स्थानीय जितबहादुर मोक्तान र गोमा पराजुली तामाङ, भूमिअधिकार मञ्च पोखरा महानगर अध्यक्ष कृष्ण परियार, मञ्च कास्कीका सचिव कुमारी गुरुङ लगायतले समस्या समाधान गर्ने गरी काम गर्न आग्रह गरे ।

कार्यक्रम भूमि अधिकार मञ्च कास्की अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया