भगिनी सम्बन्धको रजत वर्ष: पोखरा र कोमागानेबीच साझेदारी विस्तार गरिने

पोखरा ।
पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध भएको जापानको कोमागाने नगरका प्रमुखको निकट भविष्यमा पोखरामा हुने भ्रमणका विषयमा जापानको नागानो प्रिफेक्चरको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ । नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा कोमागाने नगरका प्रमुख लगायत कोमागाने चेम्बर अफ कमर्सका प्रतिनिधिहरूको पोखरा भ्रमणको तयारी र सन्दर्भका विषयमा छलफल भएको हो ।
उक्त भ्रमणका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कोमागाने नगरका प्रमुख युजो इतोका बीचमा महत्त्वपूर्ण विषयहरूमा समझदारी हुनेछ । दुई नगरका बीचमा द्विपक्षीय सांस्कृतिक आदानप्रदान, सूचना प्रविधि, जनशक्ति, पर्यटन तथा व्यावसायिक साझेदारी, एक अर्कामा सहयोग आदानप्रदान लगायत विषयहरूमा समझदारी गर्दै सर्वप्रथम सन् २००१ मा भगिनी सम्बन्ध कायम गरिएको थियो । दुई नगरका बीचमा भगिनी सम्बन्ध स्थापना भएको रजत वर्षका अवसरमा हुन लागेको नगर प्रमुख इतोको पोखरा भ्रमणका क्रममा साझेदारी र द्विपक्षीय सम्बन्धको नयाँ श्रृंखला सुरु गरिने नगर प्रमुख आचार्यले बताएका छन् ।
उनका अनुसार पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार तथा प्रवर्धन गर्नेदेखि लिएर रोजगारी, अध्ययन र सीप विकासका सन्दर्भमा द्विपक्षीय हितलाई महत्त्व दिइनेछ । जापान सरकारको सहयोगमा पोखरामा विभिन्न परियोजनाहरू सञ्चालनमा रहेको स्मरण गर्दै नगरप्रमुख आचार्यले सहकार्यका लागि आफूहरू तयार रहेको बताए । जापानी टोलीले पोखरा प्राकृतिक रूपमा निकै सुन्दर रहेको, यहाँको पर्यटन उद्योगको विकास र नागरिकहरूको जीवनस्तर सुधारका सवालहरूमा हातेमालो गर्न तयार रहेको बताएको छ ।
टोलीमा जापानको तर्फबाट कासुनोरी कोबाईसी, ताकासी ओकुबो, एनआरएनए नागानो केन प्रिफेक्चर जापानका अध्यक्ष जीवन पौडेल क्षेत्री र पोखरा कोमागाने मैत्रीपूर्ण सम्बन्ध संयोजक उत्तम राज कायस्थ रहेका थिए ।








एमालेको ११औं महाधिवेशन आजदेखि, ओलीले रिमोटबाट उदघाटन गर्ने
एनपिएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, विजेताले १ करोड १० लाख पाउने
एमालेमा पदाधिकारी संख्या नबढ्ने, १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने
पोखरामा पुस ९ देखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया